काठमाडौं- विश्व फुटबल वरियतामा गएको महिना एकैपटक पाँच स्थान माथि चढेको नेपाल अहिले ६ स्थान तल झरेको छ।
वरियतामा १ सय ६६ औँ स्थानबाट गएको महिना १ सय ६१ औँ स्थानमा पुगेको नेपाल अहिले १ सय ६७ औँ स्थानमा झरेको हो। विश्वकप छनोटका खेलमा अस्ट्रेलियासँग ५–० ले जोर्डनसँग ३–० ले हारेको नेपालको वरियता खस्किएको हो।
नेपाल दक्षिण एसियाली देशमा तेस्रो स्थानमा छ । दक्षिण एसियाको शीर्षमा रहेको भारत २ स्थान तल झरेर १ सय ६ औँ स्थानमा पुगेको छ । दोस्रो स्थानको माल्दिभ्स १ स्थान झर्दै १ सय ५४ औं स्थानमा छ ।
नेपालपछि बंगलादेश १ सय ८४ औँ स्थानमा, भुटान १ सय ८९ औँ स्थानमा, पाकिस्तान २ सय १ औँ स्थानमा र श्रीलंका २ सय ३ औँ स्थानमा छन्।
विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा रहेको छ। शीर्ष चारसम्म कुनै फेरबदल भएको छैन। छैठौँ स्थानमा रहेको उरुग्वे पाँचौँ स्थानमा र पाँचौँमा रहेको पोर्चुगल छैठौँ स्थानमा पुगेका छन्।
यी हुन् शीर्ष १५ देश
बेल्जियम
फ्रान्स
ब्राजिल
इंग्ल्याण्ड
उरुग्वे
पोर्चुगल
क्रोयसिया
स्पेन
अर्जेन्टिना
कोलम्बिया
मेक्सिको
नेदरल्याण्ड्स
स्वीट्जरल्याण्ड
डेनमार्क
इटाली
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।