• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

प्रदेश ५ मा समृद्धिका आधार– पर्यटन, उद्योग र अन्न भन्डार

64x64
नेपाल लाइभ बुधबार, फागुन ९, २०७४  ०५:२९
1140x725

रुपन्देही– गौतमबुद्धको जन्मस्थल तथा विश्व शान्तिको मुहान लुम्बिनीसमेत पर्ने प्रदेश ५ कृषि, पर्यटन र औद्योगिक क्षेत्रको राम्रो सम्भावना बोकेको प्रदेश हो । कृषि, पर्यटन र औद्योगिक सम्भावनाका कारण आर्थिक संकट व्यहोर्नु नपर्ने विश्वास गरिएको प्रदेश ५ को क्षेत्रफल १७ हजार ८ सय ५२ वर्गकिलोमिटर छ । मगर, थारु, क्षत्री, बाहुन लगायत जातजातिको बाहुल्य रहेको प्रदेश ५ मा राष्ट्रिय गौरवका आयोजनाहरु पनि सञ्चालनमा छन् । 

प्राकृतिक स्रोत–साधनसहित अन्नको भन्डार भएको प्रदेशका रुपमा परिचित भएपनि स्रोत–साधनको उचित व्यवस्थापन नहुँदा यस प्रदेशमा गरिबी दर भने उच्च छ । राष्ट्रिय योजना आयोगका अनुसार गरिबी दरको आधारमा यो प्रदेश चौथो नम्बरमा पर्छ भने मानव विकास सूचकांकका आधारमा पनि चौथो नम्बरमै पर्छ । यस प्रदेशका नागरिकको प्रतिव्यक्ति वार्षिक आम्दानी ९ सय ४३ डलर रहेको जनाइएको छ ।

अन्य प्रदेशजस्तो जलविद्युतमा धेरै सम्भावना नभए पनि नौमुरे, शारदा, झिमरुक, रिडीलगायतका मध्यम खालका विद्युत् परियोजना यस प्रदेशमा छन् । जसले प्रदेश सञ्चलनका लागि महत्वपूर्ण टेवा पुर्‍याउने विज्ञहरुको बुझाइ छ । विज्ञहरुका अनुसार विश्व शान्तिको मुहान गौतमबुद्धको जन्मस्थल लुम्बिनी यो प्रदेशमा पर्नुले धेरै सम्भावनाको ढोका खोलेको छ । धार्मिक र सांस्कृतिक पर्यटन र अन्नको भन्डार यस प्रदेशको मुख्य आर्थिक स्रोत हो भने प्रदेश ५ मा सञ्चालित राष्ट्रिय स्तरका उद्योग कलकारखानाले पनि यस क्षेत्रमा महत्वपूर्ण टेवा पुर्‍याउनेछन् ।  

लुम्बिनी, तिलौराकोट, रामग्राम, देवदह, बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, ढोरपाटन शिकार आरक्ष, स्वर्गद्वारी, तानसेन, रानीमहल, रेसुङ्गा, रिडी, सुपादेउराली लगायत यस प्रदेशका मुख्य पर्यटकीय क्षेत्र हुन् । यी स्थान पर्यटकका लागि राम्रा गन्तव्य हुन् । संस्कृतिविद् प्राडा गितु गिरी यस प्रदेशलाई पर्यटनसहित हिन्दू, बौद्ध एवं मुस्लिम धर्मको तीर्थस्थलका रुपमा अगाडि बढाउन सकिने बताउँछन्। उनले यस प्रदेशभित्र रहेका धार्मिक एवं सांस्कृतिक पर्यटकीय क्षेत्रको दीर्घकालीन रुपमा विकास गर्न सके यो प्रदेश नेपालकै अब्बल प्रदेशका रुपमा चित्रित गर्न सकिने दाबी गरे। उनी भन्छन्, ‘राजनीतिक नेतृत्वले प्रदेशमा रहेका संरचना सञ्चालनका लागि सम्बन्धित क्षेत्रका विज्ञलाई राखेर नीति बनाउँदै काम गर्न सके राम्रोसँग प्रदेश सञ्चालन गर्न सकिन्छ।’ 

उनले थपे, ‘हाम्रालाई भन्दा राम्रालाई अवसर दिन सके विकासले गति लिन्छ । यो प्रदेशले कृषिको आधुनिकीकरण सहित पर्यटनलाई प्रोत्साहन गर्नुपर्छ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

प्युठानको स्वर्गद्वारी, नेपालगन्जको बागेश्वरी तथा जुंगे महादेव, गुल्मीको रेसुङ्गा, अर्घाखाँचीको सुपा देउराली, पाल्पाको तानसेन र रानीमहलले पनि पर्यटनमार्फत राम्रो आम्दानी गर्नसक्ने प्राडा गिरीको बुझाइ छ। 

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसहित नेपालगन्ज क्षेत्रीय विमानस्थल, रुकुम–सल्ले विमानस्थल र तुलसीपुर विमानस्थलले यस प्रदेशलाई हवाइमार्गमा जोडेको छ। मुलुकको अर्थतन्त्रलाई प्रभाव पार्नसक्ने ठूला आयोजना पनि यो प्रदेशमा पर्छन्। 

राष्ट्रिय गौरवका आयोजनाहरु सिक्टा सिँचाइ, बबई र भेरी–बबई डाइभर्सन आयोजना निर्माणाधीन छन् भने नारायणी, राप्ती, बबई र कर्णालीबाट सिँचाइ नहरहरु विस्तार भइरहेकाले कृषि उत्पादन दोब्बर हुने यस क्षेत्रका विज्ञहरु बताउँछन्। त्यसैगरी ६ लेनको बेलहिया बुटवल व्यापारिक मार्ग बिस्तार आयोजना, भैरहवामा नै सञ्चालनमा आउन लागको विशेष आर्थिक क्षेत्र (सेज), भैरहवादेखि लुम्बिनीसम्मको चार लेन सडक एवं लुम्बिनीदेखि तौलिहवासम्म २ लेनको सडक निर्माण हुँदैछ। जसले गर्दा बुद्ध जन्मस्थल लुम्बनी एवं तौलिहवा पुग्ने पर्यटकलाई  निकै सहज हुनेछ। 

कृषिमा आधारित उद्योगधन्दा बढ्ने र औद्योगिक सहरको विकासले अर्थतन्त्र बलियो हुने अपेक्षा यस प्रदेशका नागरिकको छ। प्रदेश ५ को समथर भू–भाग रहेका बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र नवलपरासीलाई अन्नको भन्डारका रुपमा विकास गर्न सकिने विज्ञहरु सुझाउँछन्। दाङको कोइलाखानी तथा अर्घाखाँची र पाल्पामा चुनढुंगा खानी प्राकृतिक स्रोतका रुपमा रहेका छन्। रुपन्देहीको भैरहवा, बुटवल, धकधई, नवलपरासी, दाङ र नेपालगन्ज औद्योगिक सहरका रुपमा परिचित छन्। 

प्रदेश ५ को भैरहवा र नेपालगन्जमा मुख्य भन्सार नाका छन्। नेपालको आर्थिक गतिविधिलाई यी भन्सार नाकाले ठूलो योगदान पु¥याएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य महेन्द्रकुमार श्रेष्ठले बताए। उनले सांस्कृतिक, पर्यटन एवं औद्योगिक क्षेत्र यस प्रदेशको अवसर रहेको बताउँदै सबै आयामलाई मिलाएर लैजानुपर्नेमा जोड दिएका छन्। 

आर्थिक रुपमा सक्षम बनाउनका लागि यस प्रदेशमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनालाई समयमै पूरा गर्नुपर्ने र नयाँ–नयाँ आर्थिक गतिविधि बढाउनुपर्ने उनको सुझाव छ।

प्रदेश ५ को समृद्धिका लागि अथाह सम्भावना भए पनि स्थानीयहरुमा राज्य सञ्चालनको नयाँ अभ्यास कसरी अघि बढ्छ भन्ने अन्योल भने कायमै छ। 

प्रकाशित मिति: बुधबार, फागुन ९, २०७४  ०५:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै
पुवा खोलामा बेलिब्रिज जडान सम्पन्न, आइतबार साँझदेखि यातायात सञ्चालनमा
तीन वटा संसदीय समितिको बैठक बस्दै
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै सोमबार, असोज ५, २०८३
पुवा खोलामा बेलिब्रिज जडान सम्पन्न, आइतबार साँझदेखि यातायात सञ्चालनमा सोमबार, असोज ५, २०८३
तीन वटा संसदीय समितिको बैठक बस्दै सोमबार, असोज ५, २०८३
नक्कली ब्लुबुक बनाउने व्यक्ति ४ राउण्ड गोली लोड भएको पेस्तोलसहित पक्राउ सोमबार, असोज ५, २०८३
कास्कीमा एक महिनामै ५६ जना फरार प्रतिवादी पक्राउ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्