काठमाडौं- भारतीय क्रिकेट टिमका पूर्व कप्तान सौरभ गांगुली भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)को अध्यक्ष भएका छन्।
अध्यक्ष पदका लागि उनको मात्रै उम्मेदवारी परेपछि निर्विरोध निवार्चित भएका थिए।
गांगुलीले मुम्बईमा बिसिसिआईको नयाँ अध्यक्षको रुपमा पदभार ग्रहण गर्दै पुर्व कप्तान महेन्द्रसिंह धोनीलाई पुन खेलमा फर्काउने संकेत गरेका छन्।
अध्यक्षमा एक्लो दावेदारी परे लगत्तै पनि उनले यसको घोषणा गरेका थिए।
गांगुलीको कार्यकाल २०२० को जुलाई सम्म रहने छ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्डमा उनीसँगै गृहमन्त्री अमित शाहका छोरा जय शाह र वित्त राज्यमन्त्री अनुराग ठाकुरका भाइ अरुण धूमलले पनि जिम्मेवारी सम्हालेका छन्।
साहले सचिव र धुमलले कोषाध्यक्षको जिम्मेवारी सम्हालेका हुन्।
उत्तराखण्डका महिम वर्मा उपाध्यक्ष र केरलका जयेश जर्ज संयुक्त सचिव बनेका छन्।
पद सम्हाल लगत्तै सञ्चारकर्मीसँग गांगुलीले पूर्व कप्तान धोनीका विषयमा टिप्पणी गर्दै आफू हुँदा सबैको सम्मान गर्ने टिप्पणी गरे।
‘च्याम्पियनले यति चाँडै खेल छाड्दैनन्,’ उनले भने. 'म अध्यक्ष हुँदासम्म सबैको सम्मान हुन्छ।’
पूर्व कप्तान धोनी इंग्ल्याण्ड विश्वकपपछि टिममा छैनन्। धोनी डिसेम्बरमा टिममा फर्कने सम्भावना रहेको पनि भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
कप्तान विराट कोहलीसँग भोलि छलफल हुने बताउँदै अध्यक्ष गांगुलीले कप्तानले चाहेअनुसार सहयोग गर्न आफू तयार रहेको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।