काठमाडौं- स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलमा पहिलो जित हात पारेको छ।
गालाटासरेलाई १-० अन्तरमा हराउँदै रियलले जितको खाता खोलेको हो।
यो सिजन प्रभावशाली प्रदर्शन गर्न नसकिरहेको अवस्थामा दबाबमा रहेका रियलका प्रशिक्षक जिनेदिन जिदानेलाई यस जितले केही राहत भने दिएको छ।
खेलको १८औं मिनेटमा इडेन हजार्डको पासमा टोनी क्रुसले गरेको एकमात्र गोल टोलीको जितमा निर्णायक बन्यो।
जितसँगै रियल ४ अंकसहित समूह 'ए' दोस्रो स्थानमा उक्लिएको छ। पहिलो स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी)को ३ खेलमा स्पष्ट ९ अंक छ। पिएसजीले गएराति क्लब बर्ग्स्लाई ५-० को फराकिलो अन्तरले हराउँदै सबै खेलमा जित हात पारेको हो।
यसैबीच गएराति नै भएका अन्य खेलहरुमा एट्लेटिको मड्रिड, बार्यन म्युनिख, टोटनह्याम, म्यानचेस्टर सिटी र जुभेन्टेस विजयी भए। शाख्तर डोनास्क र डिनामो जाग्रिबले २-२ गोलको बराबरी खेले।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।