काठमाडौं- सरकारले रिक्त रहेको महान्यायाधिवक्ता पदमा नेकपा एमालेका पूर्व सचेतक अग्नि खरेलको नाम सिफारिस गरेको छ।
मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले पूर्व सांसद खरेललाई सरकारको कानुनी सल्लाहकारमा सिफारिस गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने खरेल पहिलो र दोस्रो संविधानसभामा एमालेका तर्फबाट मनोनीत सांसद थिए।
संविधान निर्माणमा भूमिका खेलेका खरेल एमालेको कानुन विभागमा रहेर लामो समयदेखि काम गर्दै आएका वरिष्ठ अधिवक्ता हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।