कराची (एजेन्सी)– जिम्बावे क्रिकेट युनियन (जेडसियु) ले अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसिसी) लाई सम्पर्क गर्दै देशको क्रिकेट संघको वित्तिय संकटबाट बाहिर निस्किन ऋण उपलब्ध गराइदिन आग्रह गरेको छ। वित्तिय संकटको कारण पाकिस्तानको आगामी जिम्बावे भ्रमण नै रद्ध हुने स्थितिमा छ।
पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) अध्यक्ष नजम सेठीले जिम्बावेको भ्रमण स्थगित नभइसकेको बताएका छन्। उनले जेडसियुले आइसिसीसँग ऋण प्रस्ताव अगाडि सारेको स्पष्ट पारे। उनले भने, ‘अन्तिम निर्णयका लागि उनीहरूले अप्रिलसम्मको समय माग गरेका छन्। किनभने उनीहरूलाई आइसिसीबाट सहयोगको अपेक्षा छ।’
पाकिस्तानको जिम्बावे भ्रमण अगष्टदेखि सुरु हुँदैछ। सेठीले भने जेडसियुले अगष्टमा आतिथ्य गर्न सकेन भने पाकिस्तान क्रिकेट बोर्डसँग अरु विकल्प खुला हुनेछ। उनले पाकिस्तानले जिम्बावेलाई शृंखलाको लागि नबोलाउने स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।