कराची (एजेन्सी)– पाकिस्तानका पूर्व तीब्र बलर शोएब अख्तरले देशको क्रिकेट ढाँचाको सुधारका लागि नयाँ कदम उठाउने भएका छन्। पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष नजम सेठीले अख्तरलाई ठूलो जिम्मेवारी सुम्पिने क्रममा क्रिकेट मामिलाको सल्लाहाकार र ब्रान्ड दुत नियुक्त गरेका छन्।
नयाँ भुमिका प्राप्त गरेपछि खुसी भएका अख्तरले भने, ‘यो भुमिकामा म निकै प्रसन्न छुँ। तर, पुरानो ढाँचामा सुधार निकै आवश्यक छ।’ पिसिबी अध्यक्षले पूर्व कप्तान मिसबाह उल हकलाई पनि क्रिकेट मामिलाको सल्लाहकार नियुक्त गर्ने सम्भावना बलियो छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।