भक्तपुर- चाँगुनारायण नगरपालिका–८ आरुबारीस्थित देवी इँटाभट्टामा बा २ ख. १३७८ नम्बरको मिनीट्रकले ठक्कर दिँदा १९ महिनाको बालकको मृत्यु भएको छ।
माटो लाद्ने क्रममा रोल्पा ह्याङ्ग ८ घर भई हाल सोही इँटाभट्टामा काम गर्ने देवेन्द्र बुढा मगरको १९ महिनाको छोरा सविनलाई ठक्कर दिँदा उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए।
ठक्कर दिने सवारी साधन र चालक काभ्रेपलाञ्चोक धुलिखेल – ११ पात्लेखेत बस्ने २६ वर्षीय गोकुल भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।