नयाँ दिल्ली (एजेन्सी)– भारतका पूर्व कप्तान तथा विकेटकिपर महेन्द्र सिंह धोनीले टि–२० मा नयाँ कीर्तिमान बनाएका छन्। उनले जोहनसवर्गमा भएको पहिलो टि–२० मा सबैभन्दा बढी क्याच समात्ने कीर्तिमान बनाएका हुन्। यसअघि यो कीर्तिमान श्रीलंकाका वरिष्ठ विकेटकिपर कुमार संगकाराको नाममा थियो। उनले संगकाराको कीर्तिमानलाई पछाडि छोडेका हुन्।
धोनीले दक्षिण अफ्रिकाविरूद्ध टि–२० मा १ सय ३४ क्याच समात्ने क्रममा रिजा हेन्ड्रिक्सलाई भुवनेश्वर कुमारको बलमा विकेट पछाडि आफ्नो शिकार बनाए। संगकाराले यसअघि २ सय ५४ खेलमा १ सय ३३ क्याच लिएका थिए। धोनीले २ सय ७५ खेलमा यो कीर्तिमान बनाएका हुन्।
यो सूचीमा तेस्रो स्थानमा भारतका दिनेश कार्तिक छन्। उनले २ सय २७ खेलमा १ सय २३ क्याच समातेका छन्। चौथो स्थानमा पाकिस्तानका कामरान अकमल छन्। उनले २ सय ११ खेलमा १ सय १५ क्याच समातेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।