विराटनगर- संखुवासभाको सिलिचोङ गाउँपालिकामा सोमबार रुखले किचेर एक जनाको मृत्यु भएको छ।
दाउराका लागि रुख काट्ने क्रममा सिलिचोङ गाउँपालिका–१ सिक्तेमटारका ६२ वर्षीय भद्रबहादुर राईलाई रुखले किचेको थियो।
घरदेखि २ किलोमिटरको दूरीमा रहेको बारीमा बिहान दाउरा काट्न पुगेका राईको घटनास्थलमै मृत्यु भएको प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।