काठमाडौं- सरकारले राष्ट्रिय क्रिकेट टिमका सदस्यलाई जनही ३ लाख दिने घोषणा गरेको छ।
प्रधानमन्त्री केपी ओलीले आज बालुवाटारमा क्रिकेट खेलाडीलाई सम्मान गर्दै सरकारका तर्फबाट प्रतिखेलाडी ३ लाख रुपैयाँ दिने घोषणा गरेका हुन्। पुरस्कार रकम आगामी शनिबार वितरण गरिने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोली विश्वकप क्रिकेट छनोट खेल्न शनिबार नै जिम्बाब्वे प्रस्थान गर्दैछ। भर्खरै मात्र नेपाली टिम डिभिजन टु मा उपविजेता हुँदै विश्वकप छनोट प्रतियोगिताका लागि छानिएको थियो।
सोही टोलीलाई बधाई दिन प्रधानमन्त्री ओलीले आज टोलीका सदस्यहरुलाई सरकारी निवास बालुवाटार बोलाएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।