जोहनेसवर्ग (एजेन्सी)– भारतीय कप्तान विराट कोहलीले आइतबार दक्षिण अफ्रिकाविरूद्ध पहिलो टि–२० को जित अगाडि नै मैदान छोडेका थिए। अहिले उनले जितभन्दा अगाडि नै किन मैदान छोडे भनेर चर्चा भइरहेको छ। भारतले पहिलो टि–२० मा घरेलु दक्षिण अफ्रिकालाई वान्डर्रस मैदानमा २८ रनले पराजित गरेको थियो। भारतको जितमा शिखर धवन र भुवनेश्वर कुमार हिरो सावित भएका थिए।
विराट कोहली १३ औं ओभरमा कुहिनाको छोटका कारण मैदान छोड्न बाध्य भए। खेल जितेपछि आफ्नो चोटको कारण खुलाउँदै कोहलीले भने, ‘मलाई सुरुमै चोट लागेको थियो। एक रन लिने क्रममा कुहिनामा चोट लाग्यो। धन्य, ह्यामस्ट्रिग होइन रहेछ। मांसपेशीको चोटबाट बच्न मैले मैदान छोडेको हुँ।’
उनले वान्डर्रसको पिच व्याट्सम्यानका लागि उपयोगी रहेको बताए। भुवनेश्वर कुमारले ५ विकेट लिएका थिए। भारतले टस हारेर पहिलो व्याटिङ गर्ने क्रममा ५ विकेटको क्षतिमा २ सय ५ रन बनाएको थियो। प्रतिउत्तरमा अफ्रिका ९ विकेटमा १ सय ७५ रनमा खुम्चियो। विराटले २६ रन बनाएका थिए। रोहित शर्माले २१ र शिखरले ७२ रन बनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।