काठमाडौं– बालुवा, गिट्टी ढुवानीमा ठगी गरेको गुनासो आएपछि महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले डिपोमा छापा हानेर गुण्डा नाइके बाघे भनिने सन्देश लामासहित दजर्नौ डिपो सञ्चालकलाई पक्राउ गरेको छ।
पक्राउ परेका गुण्डा नाइके बाघे बालुवा डिपो सञ्चालक हुन्। उनीसहित १८ बालुवा डिपोका सञ्चालकलाई पक्राउ गरिएको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए। त्यस्तै बालुवा ढुवानी गर्ने मिनी ट्रकका चालक पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरुले बढी मूल्य लिएर कम परिमाणमा बालुवा बेच्ने गरेको गुनसो आएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। सोही क्रममा उनीहरु पक्राउ परेका हुन्। यसबारे दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गरेर थप जानकारी दिने प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।