स्पेन- स्पेनिस फुटबल लिग लालिगामा रियल मड्रिडले रियल बेटीसमाथि प्रतिस्पर्धात्मक जित हात पारेको छ। गएराति बेटिसको घरेलु मैदानमा भएको खेलमा रियलले ५ गोल गर्दा बेटिसले ३ गोल फर्काएको थियो।
खेल अवधिभर जम्मा ८ गोल भएकोमा रेफ्रीले अनुशासनको कारवाहीस्वरुप ८ खेलाडीहरुलाई नै पहेँलो कार्ड दिएका थिए।

खेलको ११ मिनेटमा पोर्चुजिग स्टिार क्रिस्टियानो रोनाल्डोले हानेको प्रहारलाई बेटिसका गोलकिपरले बिफल पारिदिएपनि रिबाउन्ड बलमा मार्को असेन्सियोको प्रहार भने उनले रोक्न सकेनन्। त्यसको केहि बेरमा बेटिसका आइसा मन्डीले खेल बराबरीमा ल्याए। पहिलो हाफको अन्त्यतिर मड्रिडका नाचोले आत्मघाती गोल गरेपछि बेटिसलाई १ बोनस गोल प्राप्त भयो।
दोस्रो हाफको सुरुवातमै मड्रिडका कप्तान रार्जियो रामोसले गोल थपे। खेल पुनः बराबरीमा पुग्यो। त्यसपछि भने मड्रिडले खेलमा पछाडी फर्केर हेर्नु परेन। असेन्सियोले व्यक्तिगत दाेस्रो गोल गरेपछि हौसिएको मड्रिडका लागि स्टार स्ट्राइकर रोनाल्डोले अर्को गोल थपे।

असेन्सियाले गएराति गरेको दोस्रो गोल लालिगाको इतिहासमा रियलले गरेको ६ हजारौँ गोल बन्न पुगेको छ।
८५ मिनेटमा बेटिसका लागि सर्जियो लियोनले गोल गरेपनि घरेलु दर्शकलाई त्यसले सान्त्वता दिन सकेन। बरु आफ्नो गोलको खडेरी चिर्दै मड्रिडका फ्रान्सेली स्टार करिम बेन्जिमाले अन्तिम गोल गर्दै टोलीलाई स्पष्ट जित दिल्याए।
लालिागामा खेलेका पछिल्ला ३ खेलमा मात्रै मड्रिडले १३ गोल प्रहार गरेको छ। उता रोनोल्डोले पछिल्ला ६ खेलमा १० गोल गर्दा असेन्सियो धेरै गोल गर्ने खेलाडीको रुपमा रोनाल्डोलाई पछ्याइरहेका छन्।

जीतसँगै रियल अंक तालिकाको तेस्रो स्थानमा रहेको भ्यालेन्सियाभन्दा १ अंकले पछि छ। ६२ अंक प्राप्त गरेको लिग लिडर बार्सिलोना मड्रिडभन्दा अझै १७ अंकले अगाडि छ। दोस्रो स्थानको एथलेटिको मड्रिडले ५५ अंक जोडेको छ।
मार्सेलो घाइते
खेलमा जित हात पारे पनि प्रशिक्षक जिनेदिन जिदानलाई भने चिन्ता थपिएको छ। ब्राजिलियन स्टार मार्सेलो घाइते भएपछि च्याम्पियन्स लिगअन्तर्गत १५ दिनपछि हुने पेरिस सेन्ट जर्मेनसँगको खेलमा उपस्थित हुन नसक्ने बताइएको छ।
पहिलो लेगको खेलमा म्यान अफ दि म्याच बनेका मार्सेलो अघि नै टोलीका टोनी क्रुस घुँडाको चोटका कारण मैदान बाहिरै रहने निश्चित छ। यी दुवै खेलाडीको सट्टामा कसलाई मैदानमा उतार्ने भन्ने दवाव अब जिदानमाथि थपिएको छ।








नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।