काठमाडौं– तरुण दलले आफ्नो भावी रणनीतिलाई लिएर फागुन २२ देखि तीन दिने कार्यशाला गोष्ठीको आयोजना गर्ने भएको छ।
नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान लागु भएर स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भइसकेको अवस्थामा दलको भावी कार्यक्रमको विषयमा भेलाले निर्णय लिने बताइएको छ।
तीन दिन चल्ने गोष्ठीमा जिल्ला अध्यक्ष र विदेश शाखा अध्यक्षको उपस्थिति रहने छ। तरुण दलका अध्यक्ष जितजंग बस्नेतद्धारा प्रकाशित विज्ञप्तीमा गोष्ठीको आयोजना भक्तपुरमा ११ बजेदेखि बस्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।