रसुवा– रसुवाको सदरमुकाम धुन्चेस्थित जोङ्दामा फुटबल मैदान निर्माण गरिने भएको छ।
जिल्लामा फुटबल प्रतियोगिता सञ्चालनका लागि मैदान नहुँदा समस्या आएपछि स्थानीय तहले निर्माण गर्न लागेको गोसाइकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताए।
उनले भने, ‘जिल्लामा कतै पनि खेलमैदान नहुँदा जिल्लाको फुटबल विकास प्रत्यक्ष असर परेकाले फुटबल मैदान निर्माण गर्न लागेका हौं।’
मैदान निर्माणका लागि जग्गा खोज्ने कार्य सकिएको र गाउँपालिका मार्फत हिमाली फुटबल एकेडेमीले मैदान निर्माण गर्ने गोसाइँकुण्ड गाउँपालिका ६ का वडाध्यक्ष दावा सिदार वाइबाले बताए।
मैदान नजिकै पार्क र भ्यु टावर समेत निर्माण गरिने भएकाले खेल क्षेत्रका साथै आर्थिक क्षेत्रको विकास हुने गाउँपालिकाले जनाएको छ। जिल्लामा फुटबल मैदान निर्माण भएसँगै खेलको व्यावसायिक विकास र विस्तार हुने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।