नयाँदिल्ली–आफ्नै कर्मचारीलाई बलात्कार गरेको आरोपमा भारतमा एक पत्रकार पक्राउ परेका छन्। उत्तरप्रदेशमा संचालित समाचार प्लस नामक टेलिभिजन र अनलाइनका प्रधानसम्पादक तथा सिईओ उमेश कुमारलाई दिल्ली प्रहरीले शनिबार पक्राउ गरेको हो।
युवतीसँग जिममा चिनजान भएको र पछि आफ्नो कार्यालयमा उनले नियुक्त दिएको पीडितको उजुरीमा उल्लेख छ। बिहेको आश्वासनमा पटक पटक शोषण गरेको पीडितको दाबी छ। युवतीको उजुरीका आधारमा कुमारलाई पक्राउ गरी सोधपुछ सुरु गरिएको दिल्ली प्रहरीका सहआयुक्त बिके सिंहलाई उद्धृत गर्दै स्क्रोल डट इनले जनाएको छ।
बैठकका नाममा ठुला होटलहरुमा बोलाउने र यौनशोषण गर्दै आएको उनले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ। आफुहरुबीचको सम्बन्ध कसैलाई भने जागिरबाट निकालिदिने भनेर समेत उनले धम्काउने गरेको पीडितको भनाई छ।
पत्रकार कुमारले भने आफुहरुविरुद्धको आरोपहरु गलत भएको दाबी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।