काठमाडौं– क्यारेबियन कलेजको आयोजनामा हुने अन्तर कलेज क्रिकेट प्रतियोगितामा १६ टिमले प्रतिस्पर्धा गर्ने भएका छन्। बुधबारबाट सुरु हुने प्रतियगिता फागुन १८ सम्म चल्नेछ। आयोजनले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
प्रतियोगितामा एसियन इन्स्टिच्यूड अफ टेक्हनोलोजी एन्ड म्यानेजमेन्ट, क्यारेबियन कलेज अफ म्यानेजमेन्ट, एस इन्स्टिच्यूड अफ म्यानेजमेन्ट, कसमोस कलेज अफ इन्जिनियरीङ एन्ड म्यानेजमेन्ट, हेन्रीफोर्ड कलेज अफ इन्फर्मेशन टेक्हनोलोजी, काथफोर्ड इन्जिनियरीङ कलेज, काठमाडौं फरेष्ट्रि कलेज, किङ्स कलेज, नेशनल कलेज अफ इन्फर्मेसन टेक्हनोलोजी, नेपाल कमर्श क्याम्पस, नेपाल इन्जिनियरीङ कलेजको ए र बी टिम, पाटन बहुमुखी क्याम्पस, प्राइम कलेज अफ म्यानेजमेन्ट र यूनिग्लोब कलेज अफ म्यानेजमेन्टले सहभागिता जाउनेछन्।
प्रतियोगिता पुल्चोक इन्जिनियरीङ कलेजको मैदानमा सञ्चालन हुनेछ। विजेताले एक लाख तथा उप विजेता टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० लाख पाउनेछन्। उत्कृष्ट बलर र ब्याट्सम्यानले पनि ५–५ रुपैयाँ हजार प्राप्त गर्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।