काठमाडौं– प्रहरी जवानमा भर्ना गरिदिने भन्दै एक प्रहरी हवल्दारले एक लाख ६० हजार रुपैयाँ घुस लिएका छन्। घुस लिएलगत्तै ती हवल्दार पक्राउ परेका छन्।
म्यादीको प्रहरी चौकी पाखापानीमा कार्यरत प्रहरी हवल्दार कुल बहादुर बिसीले घुस असुलेका हुन्। घुस लिएलगत्तै उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।
शनिबार म्यादी बसपार्कबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।