• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

के कारणले छाती दुख्न सक्छ ? छाती दुखेमा के गर्ने ?

64x64
नेपाल लाइभ आइतबार, फागुन ६, २०७४  १७:२९
1140x725

मुटु रोगको कारणले नै सँधै छाती दुख्छ भन्ने धारणा गलत हो । किनभने लगभग ९० प्रतिशत भन्दा बढी मानिसमा छाती दुख्ने कारण मुटुसंग सम्बन्धित हुँदैनन् । छाती दुख्नसाथआत्तिएर अस्पतालजानु जरुरी हुँदैन । पहिलादुखाईको बारेमा राम्ररी बुझ्नुपर्छ, अनिमात्र को साग, कहाँ र कहिले जँचाउने हो, सो को बारेमा निर्णय गर्नुपर्छ । दुखाईको प्रकृति मुटुरोगसँग सम्बन्धित भएको शंका भएमा अस्पताल गइ हाल्नुपर्छ । यति ह्दयाघातको कारणले छाती दुखेको हो भने, १ मिनेट पनि समय खेर फाल्नु हुँदैन । तर दुखाई मुटुसंग सम्बन्धित नभएपनि योजना बनाएर चिकित्सकलाई भेट्नु पर्छ  ।

के–के कारणले छाती दुख्न सक्छ ?

हाम्रो छातीमा मुटु र फोक्सो दुई प्रमुख अंगहरु हुन्छन् । छाती दुखेमा पहिला यी दुई अंगहरुको कारणले हो वा होइन भनी सोच्नुपर्छ । छातीको बनावटमा हड्डी, मांशपेशी, नशा र छालाको पनि भूमिका भएकाले यी अंगहरुको समस्या भएर पनि छाती दुख्न सक्छ । धेरैजसो अवस्थामा छाती दुख्ने कारण हड्डी र मांसपेशीसँग नै सम्बन्धित हुन्छन् । ओ.पि.डीमा छाती दुखेर जँचाउन आउने धेरैजसो बिरामीहरुमा यी कारणहरु नै प्रमुख भएका तथ्य हाम्रो अध्ययन र अनुभवले देखाएको छ । तर, पनि आकस्मिक कक्षमा आएका विरामीको पहिला मुटु र फोक्सोको जाँच गर्नु नै उचित हुन्छ  । अर्थात इमर्जेन्सीमा छाती दुखेर आउने बिरामीहरुमा ह्दयघातको कारणले छाती दुखेको हो वा होइन भनि निश्चित गर्नुपर्छ ।

छाती दुख्ने कारण कसरी थाहा पाउने ?

मुटुको कारणले छाती दुख्दा: छातीको बिच भाग वा बायाँतिर एकनासले दुख्ने वा दबाब महसुुस गर्ने वा पोल्ने हुन सक्छ । दुखाईको तिब्रता कम वा बढी हुनसक्छ । दुखाई सँगसँगै धेरै पसिना आउने, वान्ता हुन खोज्ने, मुटु ढुकढुक हुने, डर लाग्ने, कमजोरी हुने जस्ता लक्षणहरु भएमा ह्दयघातको संभावना बढी हुन्छ । ह्दयघातबाट छातीको दुखाई देब्रे हात, घाँटी वा पीठ्युमा पनि सर्न सक्छ ।

Ncell 2
Ncell 2
nimb
nimb

फोक्सोको कारणले छाती दुख्दा: लामो श्वास लिँदा वा फेर्दा चस्स छातीको एकातिर(दायाँ÷बाँया) करङ्मा दुख्यो भने फोक्साको कारणले दुखेको हुनसक्छ । दुब्लो मानिसमा यो समस्या बढी देखिन्छ । यस्तो बेलामा स्वाँस्वाँ हुने ज्वरो आउने पनि हुन सक्छ । निमोनियाको कारणले पनि यस्तो हुनसक्छ ।

माँसपेशी वा हड्डीको कारणले छाती दुख्दा: छातीको दायाँ भाग, पछाडी वा छेउतिर करङ्गमा दुख्यो भने मांसपेशी वा हड्डीको कारणले हुनसक्छ । यो भागमा दुखेमा मुटुको कारणले हुने संभावना कम हुन्छ । हातले छाम्दा दुख्ने, श्वास फेर्दा दुख्ने, छातीको घुमाइसँगै दुखाईको तिब्रतामा परिवर्तन आउने जस्ता लक्षण भएमा मांसपेशी र हड्डीको कारणले दुखेको हुनसक्छ ।

छाती दुखेमा के गर्ने ?

१. ह्दयघात जस्तो लक्षण छ भने तुरुन्तै अस्पतालको इमर्जेन्सीमा पुगेर इ.सि.जी. गर्ने।

२. ह्दयाघात जस्तो लक्षण छैन तर पनि दुखाई लगातार भइरहेको छ भने चाँडै चिकित्सकको परामर्श लिने।

३. दुखाई मुटु रोगसँग मिल्दैन र धेरै अप्ठ्यारो पनि भएको छैन भने योजना बनाएर सुविधा अनुसार मुटुरोग विशेषज्ञसँग जँचाउने।

४. जोखिम उच्च भएका बिरामीलाई जस्तो किसिमको छाती दुखाई भएपनि मुटुरोग विशेषज्ञको परामर्श लिनु आवश्यक हुन्छ।

प्रकाशित मिति: आइतबार, फागुन ६, २०७४  १७:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै
पुवा खोलामा बेलिब्रिज जडान सम्पन्न, आइतबार साँझदेखि यातायात सञ्चालनमा
तीन वटा संसदीय समितिको बैठक बस्दै
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै सोमबार, असोज ५, २०८३
पुवा खोलामा बेलिब्रिज जडान सम्पन्न, आइतबार साँझदेखि यातायात सञ्चालनमा सोमबार, असोज ५, २०८३
तीन वटा संसदीय समितिको बैठक बस्दै सोमबार, असोज ५, २०८३
नक्कली ब्लुबुक बनाउने व्यक्ति ४ राउण्ड गोली लोड भएको पेस्तोलसहित पक्राउ सोमबार, असोज ५, २०८३
कास्कीमा एक महिनामै ५६ जना फरार प्रतिवादी पक्राउ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्