हेटौँडा- प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको राजधानी हेटौँडाबाट तेह्र जिल्लाको सदरमुकाम जोड्ने बाटो निर्माण मुख्य प्राथमिकतामा पर्ने बताएका छन्।
मुख्यमन्त्री पौडेलले हेटौँडा उपमहानगरपालिकाको दोस्रो नगरसभा बैठकलाई आज सम्बोधन गर्दै खानेपानी, स्वास्थ्योपचार, जडीबुटी, खेती र पर्यटन विकासका लागि उच्च प्राथमिकता दिइने बताए।
नगरसभामा बैठकमा उपमहानगरपालिका प्रमुख हरिबहादुर महत र उपप्रमुख मीना लामाले उपमहानगरका १९ वडामा सडक निर्माण, खानेपानी, स्वास्थ्योपचार, कृषि, सडक, वातावरणमा सुधारका लागि भइरहेका कामको विवरण प्रस्तुत गरेका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।