गाईघाट, उदयपुर- उदयपुर जिल्लाको पूर्वी क्षेत्रको बेलका नगरपालिका–८ स्थित बोपाताङ डाँडा र चम्पाकोट डाँडाबाट सप्तकोशी किनारमा पहिलो पटक प्याराग्लाइडिङको परीक्षण गरिएको छ।
बेलका नगरपालिकाअन्तर्गत कोशी टप्पु क्षेत्र र सप्तकोशी क्षेत्रलाई बोटिङ र प्याराग्लाइडिङको माध्यमबाट पर्यटन विकास गर्ने लक्ष्यका साथ पहिलो पटक प्याराग्लाइडिङ परीक्षण गरिएको बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापा (स्वस्ती) ले बताए।
उनले भने, 'बेलका क्षेत्रमा पर्यटन विकासको धेरै सम्भावना छ, कोशी क्षेत्रमा बोटिङ र कोशी वरिपरिको डाँडाबाट प्याराग्लाइडिङका कारण यो नगरले जिल्लाकै पर्यटन विकासमा ठूलो टेवा पुर्याडउने भएकाले नगरपालिकाले अहिले प्याराग्लाइडिङ परीक्षण अभियान थालेको हो।' प्याराग्लाइडिङ सफल भएकाले यो पेशाबाट वार्षिक यो क्षेत्रमा ५० हजारभन्दा बढी विदेशी पर्यटक भित्र्याउन सकिने नगर प्रमुख थापाको भनाइ छ।
शनिबार समुद्री सतहदेखि झन्डै ६ सय मिटरको उचाइमा रहेको बेलकाको बोपाताङ र चम्पाडाँडाबाट आठवटा प्याराग्लाइडिङ उडान गरेर परीक्षण गरिएको थियो। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।