राजविराज- सप्तरीको डाकनेश्वरी नगरपालिका– ३ मा मामाघर आएका एक भारतीय बालकको पोखरीमा डुबेर मृत्यु भएको छ।
मृत्यु हुनेमा भारत विहारको मधुवनी जिल्ला नेमुवा घर भएका सुरेन्द्र मुख्याका चार वर्षीय छोरा ललकु रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
मामाघरमा कोही नभएको बेला ललकु खेल्दाखेल्दै घर नजिकको पोखरीमा डुबेको स्थानीय बासिन्दाले बताएका छन्।
शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।