प्योङचाङ- दक्षिण कोरियाको प्योङचाङमा चलिरहेको शीतकालीन ओलम्पिकमा अष्ट्रियाका स्किङ खेलाडी मार्सेल हिर्सचेरले दोस्रो स्वर्ण जितेका छन्। उनले स्लालोम स्किङमा १ दशमलब २७ सेकेन्डको समय निकाल्दै पहिलो भएका हुन्।
नर्वेका हेनरिक क्रिस्टोफरसनले रजत जित्दा फ्रान्सका एलेक्सिस पिन्टरौल्टले कास्य पदक हात पारे।

२८ वर्षीय एथलेट मार्सेलले गत मंगलबार संयुक्त इभेन्टमा स्वर्ण जितेका थिए। यसअघि उनले ओलम्पिकमा स्वर्ण जित्न सकेका थिएनन्।
मार्सेल प्रतियोगितामा स्वर्णको ह्याट्रिक गर्ने दाउमा छन्। उनले स्लालोम स्किङकै अर्को स्पर्धामा बिहिबार प्रतिस्पर्धा गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।