काठमाडौं– बालुवाटार सर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बोलाइएको छ। बैठकले प्रधानमन्त्रीका केही सहयोगी तथा सल्लाहकार नियुक्त हुने सम्भावना छ।
हाल सरकारमा दुई मात्र मन्त्री छन्। लालबाबु पण्डित जनसंख्या र थममाया थापा महिला तथा बालबालिक मन्त्री छन्।
माओवादी केन्द्रले सरकारमा मन्त्री पठाइसकेको छैन। आइतबारको मन्त्रिपरिषद् बैठक लगत्तै ओली बालुवाटारस्थित सरकारी निवास सर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।