• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

संसदीय निर्वाचनकै बाटोमा गैरआवासीय नेपाली संघ

64x64
नेपाल लाइभ सोमबार, असोज २७, २०७६  १८:३८
1140x725

काठमाडौं-  गैरआवासीय नेपाली संघको नवौं विश्व सम्मेलनमा उम्मेदवारी दर्ता नहुँदै प्रतिनिधिहरूले आफूपक्षीय प्रत्यासीलाई विजयी बनाउन प्रचारप्रसारलाई तीव्रता दिएका छन्।

मंगलबारदेखि ३ दिनसम्म हुने विश्व सम्मेलनका लागि एनआरएन प्रतिनिधिहरूको व्यस्तता बढेको छ।

सोमबार केन्द्रीय कार्यालय बालुवाटार परिसरमा नेपाल लाइभको टोली पुग्दा रजिस्ट्रेसनका लागि विभिन्न देशबाट आएका प्रतिनिधिहरू आफू निकटका उम्मेद्वारका लागि मत माग्न भ्याइनभ्याइ देखिन्थे।

केन्द्रीय कार्यालयको मूल गेटमै युवतीहरूले ब्रोसर आगन्तुकलाई थमाइरहेका थिए।

 

विश्वका ८१ देशमा एनआरएनका सदस्य ८२ हजार रहेको बताइएको छ। ती देशबाट बढीमा २५ सय प्रतिनिधिले मतदानमा भाग लिने प्रवक्ता भूषण घिमिरेले जानकारी दिए।

सोमबार प्रतिनिधिको नामावली दर्ताका लागि अन्तिम दिन हो। प्रतिनिधिहरू दर्ताका लागि लामबद्ध ‍थिए। उनीहरूलाई फोटो र फिंगरप्रिन्ट लिएर प्रतिनिधि कार्ड हस्तान्तरण गरिँदै थियो।

Ncell 2
Ncell 2
nimb
nimb

प्रतिनिधिलाई सम्मेलन अवधिभरका लागि खानाको कुपन पनि केन्द्रीय कार्यालयबाट वितरण गरिएको छ।

प्रतिप्रतिनिधि २ सय अमेरिकी डलर सम्मेलन शुल्क तोकिएको छ। राजधानीको हायात होटलमा मंगलबार सुरु हुने सम्मेलन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने छिन्।

गैरराजनीतिक र स्वतन्त्र संस्थाका रुपमा विधानमा परिभाषित गरिए पनि संघमा राजनीतिक प्रभाव हाबी भएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

च्याप्टर देशहरूमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रतिपक्ष दल नेपाली कांग्रेसको प्यानल बनाएर अधिवेसन भएका थिए।

दल निकट रहेका प्रतिनिधिको सम्मेलनमा बाहुल्यता हुने निश्चितप्राय छ। च्याप्टर देशमा देखिएको राजनीतिक रंग केन्द्रीय महाधिवेसनमा स्पष्ट देखिने भएको छ।

विश्व सम्मेलनले आगामी २ वर्षका लागि संघको नयाँ नेतृत्व चयन गर्नेछ। ‍कुल आचार्य र कुमार पन्त अध्यक्षका लागि दौडमा छन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कांग्रेसको आडमा आचार्यले प्यानल नै बनाएर औपचारिक रुपमा उम्मेद्वारी घोषणा गरेका छन्।

अधिवेशन सुरु हुनुभन्दा एक दिन मात्र पहिले पत्रकार सम्मेलन गरी प्यानल नै घोषणा गरेका आचार्यले आइतबार र सोमबार कांग्रेस नेताहरूसँग भेट गरेका थिए। उनले प्यानल बनाउनका लागि नै कांग्रेसका नेताहरूलाई भेटेको बताइएको छ। 

आचार्यको प्यानलमा उपाध्यक्षमा डा केशव पौडेल, नरेन्द्र भाट, मन केसी र रविना थापा छन्। विधानमा उपाध्यक्षमा ५ जना चयन हुने प्रावधान छ।

आइतबार महासचिवमा उम्मेदवारी दिने घोषणा गरेका डा पौडेलले सोमबार उपाध्यक्षमा उम्मेदवारी दिने निर्णयमा पुगेका छन्। पौडेलले आकांक्षी पद परिवर्तन गर्नुमा कांग्रेस नजिकको प्यानल बनाउनु नै रहेको विश्लेषण गरिएको छ। आचार्यकै प्यानलबाट बेल्जियमबाट जानकी गुरुङले महासचिवमा उम्मेदवारी दिएकी छन्। सोही समूहबाट सोम सापकोटा –(बेलायत)ले कोषाध्यक्षमा उम्मेदवारी दिएका छन्। 

अध्यक्षका प्रत्यासी आचार्य वर्तमान कार्यसमितिका उपाध्यक्ष हुन्। बेलायतमा बसोबास गर्दै आएका आचार्य रेष्टुरेन्ट व्यवसायी हुन्। उनले नेपालमा जलविद्युतको क्षेत्रमा लगानी गरेका छन्। आचार्यको जन्मघर पर्वतको धाइरिङ हो। गैरआवासीय संघमा १२ वर्षदेखि आबद्ध उनले हालसम्मका निर्वाचनमा पराजित भोग्नु परेको छैन।

यसपटक पनि आफू विजयी हुने दृढता उनले देखाएका छन्। ‘पसिना फण्ड’को स्थापना, सदस्यता संख्या १ लाख बनाउने, नागरिकताका आधारमा गैरआवासीय नेपालीको छुट्टै राहदानीको पहल, 'ब्रेन ड्रेन'लाई 'ब्रेन गेन' बनाउने, भिजन २०२० कार्यान्वयनलगायतका मुद्दा आचार्यका चुनावी एजेन्डा हुन्।

आचार्यको स्पष्ट प्यानल देखिए पनि अध्यक्षका अर्का प्रत्यासी कुमार पन्तको घोषित प्यानल बनिसकेको छैन। लगानीमा योगदान, सम्मानपूर्ण वैदेशिक रोजगारी, नागरिकता र मतदानको अधिकार, दिगो संगठन र व्यापक सहभागिता पन्तका विश्व सम्मेलनकेन्द्री मुद्दा छन्। 

पन्त दुई पटकसम्म उपाध्यक्ष चुनिएका व्यक्ति हुन्। गत विश्व सम्मेलनमा अध्यक्षमा रुचि देखाएपनि अध्यक्षमा भवन भट्टलाई सहयोग गर्ने गरी उपाध्यक्षमै चित्त बुझाएका थिए।

यस पटकलाई अध्यक्षको आधार तयार गरेका पन्तलाई उपाध्यक्षका प्रत्यासी तथा वर्तमान महासचिव डा बद्री केसीको समर्थन रहेको छ।

पूर्व अध्यक्ष जीवा लामिछानेको पनि पन्तलाई समर्थन रहेको बताइएको छ। अर्को तर्फ दुई कार्यकाल अध्यक्षको पद हाँकेका अर्बपति शेष घलेको समर्थन आचार्यको पक्षमा भएको बुझिएको छ। 

संस्थापक अध्यक्षसमेत रहेका डा उपेन्द्र महतो एनआरएनमा प्रभावशाली व्यक्तिका रूपमा लिने गरिएको छ। तर हालसम्म उनी कुनै पनि उम्मेद्वारका पक्षमा प्रस्तुत भएका छैनन्। 

पन्तको समूहको औपचारिक घोषणा नभएपनि भित्री तयारी भइसेकेको बताइएको छ।

पन्तको प्यानललाई सत्तारुढ दलको समर्थन हुने बताइएको छ। उनको प्यानलमा उपाध्यक्षका प्रत्यासी केसी निर्विवाद छन्।

महासचिवमा हेमराज शर्माले उम्मेदवारी दिने भएका छन्। आरके शर्माले सचिवमा र गौरी जोशीले सचिवमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।

यसैगरी, सपिला राजभण्डारीले उपाध्यक्ष पदको आकांक्षी बनेकी छन्। वर्तमान कार्यसमितिमा उनि महिला संयोजक समेत हुन्। धर्मराज अधिकारी, हिक्मत थापा, सोनाम लामा, अर्जुनकुमार श्रेष्ठ, शिवकुमार बरुवाल, महेशकुमार श्रेष्ठ र लोकप्रसाद दाहाल पनि चुनावी मैदानमा छन्। महिला संयोजकमा संगीता मरहठ्ठाले उम्मेदवारी दिने भएकी छन्।  

केन्द्रीय महाधिवेसनबाट ४२ जना निर्वाचित हुनेछन्। संघ सन् २००३ मा स्थापना भएको थियो।

प्रकाशित मिति: सोमबार, असोज २७, २०७६  १८:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ?
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा
सम्बन्धित सामग्री
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? हालको सिजन नरेन्द्र मोदीको सत्ताका २५ वर्ष र त्यसपछिको समयका बारेमा छलफल गर्ने चलिरहेको छ। उनका समर्थकहरू उत्सव मनाइरहेका छन्। उनको... आइतबार, असोज २५, २०८३
महासभाको मञ्चमा नेपाल : परराष्ट्रमन्त्री खनाल उच्चस्तरीय सत्रमा सहभागी मन्त्री खनालसँगै परराष्ट्र सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, सहसचिव कृष्णप्रसा... मंगलबार, असोज ६, २०८३
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल महासभाको उच्चस्तरीय छलफलका क्रममा दुवै मन्त्रीबीच साइडलाइनमा भएको भेटमा असंलग्न आन्दोलन (नाम) का गतिविधि तथा आगामी मन्त्रीस्तरीय बैठ... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर आइतबार, कात्तिक १, २०८३
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्