काठमाडौँ –नेपालमा जारी त्रिकोणात्मक महिला टी–२० आई सिरिजमा नेपालले आज अन्तिम तथा छैटौँ खेल थाइल्याण्ड संग खेल्दैछ । खेल शुक्रबार मध्यान्ह सवा १२ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ ।
पाँच खेलमा लगातार हार बेहोरिसकेको नेपाल अब सान्त्वना जितको खोजीमा हुनेछ । जारी श्रृंखलामा नेपालले पहिलो खेलमा नेदरल्याण्ड्ससँग २० रनको हार बेहोरेको थियो ।
यस्तै, नेपालले दोस्रो म्याचमा थाइल्याण्डविरुद्ध ४ विकेट, तेस्रो खेलमा नेदरल्याण्ड्ससँग १५ रन तथा चौथो म्याचमा थाइल्याण्डविरुद्ध ५ रनको पराजय बेहोर्यो । यस्तै, सिरिजअन्तर्गत पाचौँ खेलमा नेपालले नेदरल्याण्ड्ससँग १० विकेटको फराकिलो हारको सामना गर्यो ।
थाइल्याण्डविरुद्ध नेपालको प्लेइङ–११ः सीता राना मगर, सम्झना खड्का, इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, पूजा महतो, रुबिना क्षेत्री, रोमा थापा, विन्दु रावल, कविता जोशी, ईश्वरी विष्ट र मनीषा उपाध्याय ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।