काठमाडौ – विगत नौ महिनादेखि युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको उद्धार गरिएको छ । तेह्रथुमका २९ वर्षीय फुर्वा शेर्पा र दोलखा घर भएका ३९ वर्षीय शेर साम्बो शेर्पालाई नेपाली दूतावास जर्मनी र गैरआवासीय नेपाली संघको संयुक्त पहलमा उद्धार गरिएको हो ।
भारतको नयाँ दिल्लीस्थित एक एजुकेशन कन्सल्टेन्सीबाट तीन महिनाको विद्यार्थी भिसामा युक्रेन पुगेका उनीहरुलाई युक्रेनी सेनाले युक्रेनको लागि श्रीलंकन अनरीकाउन्सिलर किरिल कार्नेटको रोहवरमा माल्दोवा बोर्डरमा लगेर बुधबार छोडिदिएको हो ।
उद्धार गरिएका दुबै जना गैरआवासीय नेपाली संघको सहयोगमा आज काठमाडौं आउदै गरेको बताइएको छ । उनीहरूको उद्धारका लागि हवाई टिकटको व्यवस्था गैरआवासीय नेपाली संघले गरेको जानकारी दिइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।