काठमाडौं – झापाबाट काठमाडौं आउँदै गरेको ईभी गाडी सिन्धुलीमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । सिन्धुलीको गोलञ्जोर गाउँपालिका अन्तर्गत वीपी राजमार्गमा बिहान पौने ४ बजेको समयमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
बागमती प्रदेशका ट्राफिक प्रमुख एसपी नरेशराज सुवेदीका अनुसार घाइते हुनेमा ४ पुरुष र २ महिला छन् । घाइतेमध्ये २ जना पुरुषको अवस्था गम्भीर रहेको छ । उक्त गाडी आफैं अनियन्त्रित भई सडकबाट ४ सय मिटर तल खस्न पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । साथै यस बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।