काठमाडौँ – राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हाले संगै सुरु भएको अवैध आप्रवासी पक्राउ अभियान निरन्तर जारी छ ।
गत मंगलबार अध्यागमन र भन्सार प्रवर्तन गुप्तचर (एजेन्ट)हरूले न्यूयोर्कको म्यानह्याटन र ब्रंक्सका केही भागहरूमा २० भन्दा बढी गिरफ्तार गरेको छ ।
यसैबीच दैनिक गिरफ्तारहरूको संकलन अनुसार फेब्रुअरी १ सम्म आईसिइले हालसम्म ८ हजार २ सय ७६ जनालाई पक्राउ गरेको छ । आईसिईले ८ सय ६४ एकै दिनमा गिरफ्तारीको गरेको जनाएको छ भने ६ सय २१ जनालाई थुनामा राखेको छ ।
प्यू रिसर्च सेन्टरका अनुसार अमेरिकाले सन् २०२३ मा ४ करोड ७३ लाख विदेशमा जन्मेको जनसंख्या अभिलेख (रेकर्ड) राखेको थियो, जसको अर्थ आप्रवासीहरू अमेरिकाको कुल जनसंख्याको १४.३५ रहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।