रियो (एजेन्सी)– ब्राजिलका फुटबल स्टार नेइमारको बिग्रिएको प्रेम सम्बन्ध पुनः सुमधुर भएको छ। आफ्नै देशकी कलाकार ब्रुना मार्केजिनसँगको सम्बन्ध बिग्रिएपछि नेइमार तनावमा थिए।
केही समयअगाडि नेइमारको जन्मदिनमा ब्रुना विशेष अतिथिहरूलाई स्वागत गर्दै गरेको देखिएपछि उनीहरूको बिग्रिएको सम्बन्ध पुनस्थापित भएको पुष्टी भएको थियो। ब्रुना अहिले ब्राजिलमा जारी रियो कार्निभलमा सक्रिय रुपमा सहभागी छिन्। उनले आफ्नो हातको पाखुरामा नेइमारको टाटु खोपेका कारण उनीहरू बीचको सम्बन्ध प्रगाढ भएको आशा गरिएको छ।
गत वर्ष मात्र दुई जनाको सम्बन्ध बिग्रिएको थियो। नेइमार ब्रुनासँग विहे गर्न चाहन्छन्। तर, आफ्नो अभिनय जीवन समाप्त हुने डरले ब्रुनाले नेइमारको प्रस्ताव अस्विकार गर्दै आइरहेकी थिइन्। ब्रुना ब्राजिलमा अवार्ड विजेता नायिका हुन्। उनले २० वटा टेलिभिजन शृंखलाबाहेक ६ वटा फिल्ममा काम गरिसकेकी छिन्। उनीहरू बीच चौथो पल्ट सम्बन्ध बिग्रिएर पुनस्थापित भएको हो। यी दुईको सम्बन्ध २०१२ देखि बिग्रिदै र बन्दै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।