काठमाडौं– नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली आज सरकारी निवास बालुवाटार सर्ने भएका छन्।
प्रधानमन्त्री ओलीले आज अपराह्न ४ बजे सरकारी निवास सर्ने तयारी गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। नवनियुक्त प्रधानमन्त्रीको स्वागतका लागि बालुवाटारमा व्यवस्थापनको काम भइरहेको जनाइएको छ।
निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार प्रधानमन्त्री निवास छाडेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।