काठमाडौं– आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा शीर्ष दोस्रो स्थानमा रहँदै एकदिवसीय विश्वकप छनोटमा समावेश भएको नेपाली क्रिकेट टिम शनिबार राति घर फर्किएको छ।
फर्किने क्रममा टिम नेपाललाई त्रिभुवन विमानस्थलमा सयौं क्रिकेटप्रेमीले स्वागत गरे। राष्ट्रिय झन्डासहित विमानस्थल पुगेका क्रिकेटप्रेमीहरुले सामूहिक रुपमा 'नेपाल... नेपाल' भन्दै खुसी साटेका थिए।








नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।