• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

बिआरआई र एमसीसी अन्तर्गतका छुट्टाछुट्टै प्रशारणलाइनको मिलनबिन्दु नुवाकोटको रातामाटे

नेपाली भूमिमा चीन र भारत विद्युतीय प्रशारणलाइनबाट जोडिँदै
64x64
नेपाल लाइभ आइतबार, असोज २६, २०७६  १३:१८
1140x725

काठमाडौं- दुई ठूला मुलुक चीन र अमेरिकाको लगानीमा बन्न लागेका दुई वटा प्रशारणलाइन आयोजनाको मिलनबिन्दू नुवाकोटको रातामाटे बन्ने भएको छ।

चिनीयाँ महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई)अन्तर्गत रहेर निर्माण हुने गल्छी-रसुवागढी-केरुङ ४ सय केभी प्रशारणलाइन आयोजना र ५५ करोड अमेरिकी डलर अनुदान सहयोगमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल अकाउन्टबाट निर्माण हुनलागेको नेपाल र भारत जोड्ने अन्तरदेशीय प्रशारणलाइनको मिलनबिन्दू नुवाकोटको रातामाटे बन्ने भएको हो।

रातामाटेमा नेपाल र चीन तथा नेपाल र भारत जोड्ने दुवै आयोजना जोड्ने गरी सबस्टेसन बनाउने नेपालको तयारी छ। यसरी नेपाल दुई देशसँग प्रशारणलाइनबाट जोडिनेमात्र नभई भारत र चीन पनि एक आपसमा विद्युत कनेक्टिभिटीमार्फत जोडिँदैछन्।

यी दुईवटै प्रशारणलाइन ४ सय केभी क्षमताका छन्।

कसरी बनिरहेको छ एमसिसी परियोजना?
अमेरिकी सरकारअन्तर्गतको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)मार्फत अमेरिकाले नेपाललाई उपलब्ध गराएको अनुदान रकमबाट निर्माण गर्न लागिएको हो।

एमसिसीमार्फत नेपालमा चलिरहेका परियोजनाको काम अहिले दोस्रो चरणमा चलिरहेको छ। पहिलो चरणमा आयोजना छनोटको काम सम्पन्न भई दोस्रो चरणमा परामर्शदाता छनोट, डिजाइन, मुआब्जा वितरण, ठेक्कापट्टालगायतका काम सुरु गरिएको मिलिनियम च्यालेन्ज नेपालको कार्यालयले जनाएको छ।

एमसिसी परियोजनाअन्तर्गत लप्सीफेदीदेखि दमौली, दमौलीदेखि सुनवल नाका र गल्छी-हेटौंडा गरी कूल ३ सय किलोमिटर प्रशारणलाइन निर्माण गरिनेछ। ४ सय केभी क्षमताको प्रशारणलाइनमा ३ वटा सबस्टेसनहरु राखिनेछन्। धादिङको रातोमाटे, तनहुँको दमौली र नवलपरासीको रामनगरमा सबस्टसेसन निर्माणका लागि प्रारम्भिक रुपमा ठाउँ तय भएका छन्।

सोही परियोजनाभित्र रहेको बुटवल-गोरखपुर अन्तरदेशीय प्रशारणलाइनलाई भारतसँगको द्विपक्षीय विद्युत व्यापारका लागि पनि महत्वाकांक्षी परियोजनाका रुपमा हेरिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

कूल ५५ करोड अमेरिकी डलर बराबरको एमसिसीको अनुदानमा १३ अर्ब रुपैयाँ नेपाल सरकारले थपेर परियोजनाका लागि छुट्याइएको छ।

जलविद्युत तथा यातायात पूर्वाधार विकासमा लगानी गरेको 'एमसिसी कम्प्याक्ट' कार्यक्रम पाउने नेपाल दक्षिण यसिया मै पहिलो मुलुक हो भने उक्त रकम नेपालले हालसम्म पाएको सबैभन्दा ठूलो अनुदान रकम हो।

यसरी अघि बढिरहेको छ बिआरआई अन्तर्गतको गल्छी-रसुवागढी-केरुङ प्रशारणलाइन
अहिले भारतसँग मात्रै जोडिएको नेपालको विद्युत प्रशारणलाइनलाई चीनसँग पनि जोड्ने लक्ष्यका साथ रसुवागढी-चिलिमे-गल्छी प्रसारणलाइन निर्माण गर्न लागिएको बताइएको छ। चीनको सिगात्सेदेखि केरुङ नाकासम्मको ४ सय किलोमिटर प्रशारणलाइन चीन सरकार र गल्छी देखी केरुङसम्मको ८२ किलोमिटर प्रशारणलाइन नेपाल सरकार आफैंले बनाउने यसअघि नै सहमति भइसकेको छ।

करिब ८० किलोमीटर लामो उक्त अन्तरदेशीय प्रशारणलाइन निर्माणका लागि आवश्यक पर्ने १० अर्ब रुपियाँ बराबरको लगानी र प्राविधिक सहयोगको अपेक्षा पनि चीनबाट राख्दै आएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

चीनले आफ्नो भू-भागभित्र पर्ने प्रशारणलाइन निर्माणका लागि अध्ययन कार्य सम्पन्न गरिसकेको छ। चीनले तिब्बतको चाउदेखि जिरोङसम्मको ३ सय ३३ किलोमिटर र जिरोङबाट नेपालको सीमानासम्म ८९ किलोमिटर डिसीलाइन निर्माण गर्नेगरी अध्ययन गरेको हो। जसअन्तर्गत चिनियाँ भू-भाग जिरोङमा विद्युत् ट्रान्सफर्मर राखिनेछ।

यसरी, त्रिशूली-गल्छी प्रशारणलाइनले चीनसँग आबद्धता कायम गरेपछि नेपाल, भारत र चीनबीच प्रसारण ग्रिडसमेत एकापसमा जोडिनेछ। उक्त प्रशारणलाइन निर्माण भएमा त्रिशूली र चिलिमे करिडोरमा उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न सहयोग पुग्ने देखिन्छ।

उक्त करिडोरमा हाल रसुवागढी, साञ्जेन, रसुवा भोटेकोशी र माथिल्लो त्रिशुली-१ आयोजना निर्माणका क्रममा छन् भने लाङ्टाङ र सुपर साञ्जेनलगायत आयोजना निर्माणको तयारी गरिरहेका छन्।

नेपाल र चीनबीच रसुवा-केरुङ, तातोपानी-खासा, कोराला तथा अन्य सम्भाव्य क्षेत्रबाट अन्तरदेशीय प्रशारणलाइन निर्माण गर्ने विषयमा प्रारम्भिक छलफल भइसकेको उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: आइतबार, असोज २६, २०७६  १३:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लिफ्टसहितको कुसुन्तीको आकाशे पुल छिट्टै सञ्चालनमा आउने
खेल पत्रकारहरु भन्छन्– एनपीएलले नेपाललाई खेल पर्यटनको ‘हब’ बनाउने सम्भावना बढायो
एनपीएल ३ : विजेताले १ करोड ५० लाख रुपैयाँ पाउने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
लिफ्टसहितको कुसुन्तीको आकाशे पुल छिट्टै सञ्चालनमा आउने आइतबार, कात्तिक ८, २०८३
खेल पत्रकारहरु भन्छन्– एनपीएलले नेपाललाई खेल पर्यटनको ‘हब’ बनाउने सम्भावना बढायो आइतबार, कात्तिक ८, २०८३
एनपीएल ३ : विजेताले १ करोड ५० लाख रुपैयाँ पाउने आइतबार, कात्तिक ८, २०८३
भोलिबाट एनपिएल–३ः चम्कदै विदेशी ‘स्टार', कता जाँदैछ नेपालका उदीयमान युवाहरूको भविष्य ? आइतबार, कात्तिक ८, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्