• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'मृत्यु जितेको मान्छेले जस्तोसुकै चुनौती झेल्न सक्छ'

64x64
नेपाल लाइभ आइतबार, फागुन ६, २०७४  ०६:०४
1140x725

श्वेता खड्का निर्मित/अभिनीत फिल्म ‘कान्छी’ रिलिज भएको छ। अभिनेता श्रीकृष्ण श्रेष्ठसँग श्वेताका रिल र रियल दुवैमा जोडी थियो। श्रीकृष्णको तीन वर्षअघि असामयिक निधन भएपछि श्वेता एक्लिइन्। विवाहको एक महिनामै श्रीमान् गुमाएसँगै उनले फिल्म करिअरमा अभिभावक समेत गुमाएकी थिइन्। उनी लामो समय शोकबाट बाहिर आउन सकिनन्। जुन दिन उनी काममा फर्किइन्, श्रीकृष्णकै सपना पूरा गर्नतिर लागिन्। त्यसैको परिणाम फिल्म ‘कान्छी’ रहेको श्वेता बताउँछिन्। फिल्म रिलिजकै दिन शुक्रबार साँझ अभिनेत्री खड्काले नेपाल लाइभसँग आफ्नो विगत, वर्तमान र भविष्यबारे खुलेर कुरा गरेकी थिइन्।
उनीसँग डिबी खड्काले गरेको कुराकानीः

फिल्म ‘कान्छी’ व्यवसायको निरन्तरता वा श्रीकृष्ण श्रेष्ठको सपनालाई साकार पार्ने प्रयत्न?

व्यवसायको निरन्तरता हुँदै होइन। मेरा अरु व्यापार–व्यवसाय अलपत्र पारेर फिल्ममै डटिरहेकी छु। सपना शत प्रतिशत साकार पार्ने प्रयत्न हो, मेरो भन्दा दादा (श्रीकृष्ण श्रेष्ठ)को। उहाँ, निर्देशक आकाश अधिकारी र स्क्रिप्ट राइटर यम थापा बसेर फिल्म ‘कोहिनुर’को सुटिङ गर्दा नै यो फिल्म बनाउने निश्चित भएको थियो। त्यसैमाथि तिमी चाँडै ‘कमब्याक’ हुनुपर्छ भन्ने परिवारको प्रेसरको प्रतिफल हो। 

एकातिर वियोगको गहिरो दुःखबाट बाहिर आउनु छ, अर्कातिर उनैसँग जोडिएको फिल्म बनाउनु छ। अतीत झन् बिझाएन?

मलाई उहाँको छायाले त जहाँ पुगे पनि छाड्दैन। जे गरे पनि छाड्दैन। यो तीन वर्षमा म उहाँको यादबाट जति टाढा जाने प्रयासमा लागेँ, त्यो याद नजिकियो। सुटिङ गर्दा, हलको चाँजोपाँजो मिलाउँदा, यसको मार्केटिङ गर्दा मलाई उहाँको याद आउँथ्यो। मलाई चाहिँ ममा हिम्मत आउनु उहाँकै साथले हो जस्तो लाग्थ्यो।  

फिल्म कसका लागि बनाएँ जस्तो लाग्छ अहिले? 

मेरा दर्शकका लागि। जसले मलाई गहिरो दुःखमा पनि बाँच्ने र पुनः नयाँ तरिकाले जीवन जिउने प्रेरणा दिनुभयो, उहाँहरुका लागि बनाएको हो। मैले अभिनय पनि उहाँहरुकै लागि गरेको हो। मेरो त सपना, रहर र चाहना सबै टुटिसकेका थिए।  

फिल्ममा श्रीकृष्ण श्रेष्ठको एउटा ट्रेडमार्क थियो। यो फिल्म बनाइरहँदा कतै त्यो धरमराउला कि भन्ने पीर लागेन?

Ncell 2
Ncell 2
nimb
nimb

म फिल्म रिलिजको अघिल्लो रातभरि सुत्न सकिनँ। बिहान आँखा सुन्निएका थिए। चश्मा लगाएर भेटघाटका लागि निस्किएँ। जब हलको रिपोर्ट आउन थाल्यो, मैले आफूलाई सम्हाल्न सकिनँ। रोइरहेँ। उहाँले दर्शकको मन जित्नुभएको थियो। मैले पनि त्यसलाई निरन्तरता दिन सकेँ।

दर्शकको अपेक्षा पूरा गर्न सकेँ जस्तो लाग्छ?

हामीले दर्शकलाई गाउँको मीठो प्रेमकथा पस्किने सपना देखेका थियौं। प्रेम गर्ने गाउँले तरिका देखाउन चाहेका थियौं। त्यो देखायौं पनि। धेरैले सकारात्मक प्रतिक्रिया दिएका छन्। म सफल भएँ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

चरम निराशापछि काम गर्ने शक्ति कसरी आउँदो रहेछ?

जो मान्छे चरम निराशा वा मृत्यु जितेर फर्किन्छ, त्यसले जस्तोसुकै चुनौती झेल्न सक्छ। अब म झेल्न किन सक्छु भने, मैले जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा गुमाएकी छु। अब मैले डटेर काम गर्दा प्राप्त मात्रै गर्ने हो। दादा (श्रीकृष्ण)ले पनि एकपल्ट मृत्युलाई जितेपछि निकै सफलता पाउनुभएको हो। म पनि डिप्रेसनमा गएर फर्केकी हुँ। बाँचेकी छु केवल दर्शक र शुभेच्छुकको मायाले। 

भावना र आदर्शलाई एकातिर राख्ने हो भने जीवन त समय र समाज अनुसार चलाउनुपर्दो रहेछ नि, होइन?

कामको, साथको र सम्झनाको कुरा छुट्दैन। अब मैले एक्लै बाँच्न सिकिसकेँ। मैले उहाँसँग जम्मा एक महिना त बिताएँ। जति समय म उहाँसँग रहेँ, उहाँको बेस्ट फ्रेन्ड मै थिएँ। कसैले पनि नपाउने समय मैले पाएँ। उहाँसँग अस्पतालमा बिताएको एक महिना मेरा लागि साँच्चिकै अमूल्य क्षण हो। 

तपाईंहरुको प्रेम, विवाह र वियोग सामान्य लाग्दैन कसैलाई। के कुनै दिन त्यो कहानी तपाईंको कुनै फिल्ममा आउला?

मसँग त्यो सत्यकथामा फिल्म बनाउने हिम्मत नै छैन। फिल्ममा कहीँ न कहीँ थोरै मिसिएला। यही फिल्ममा पनि कहीँ कतै आयो कि भन्ने आरोप केहीले लगाउनुभएको छ। तर, होइन।

सबैभन्दा महत्त्वपूर्ण कुरा के पाउनुभयो उहाँबाट?

जुन अवस्थामा पनि सकारात्मक भइराख्ने गुण उहाँबाटै ग्रहण गरेको हो। सबै मान्छे उहाँ जस्तो मान्छेसँग संगत गर्न पाउने भाग्य लिएर आएका हुँदैनन्। मैले उहाँसँग छोटो समय भए पनि संगत गर्न पाएँ। यही महत्वपूर्ण कुरा हो।

संसारमा कैयौंले वियोग झेलेका छन्। फेरि नयाँ जीवन सुरु गरेको र नयाँ जोडी बाँधेको पनि त्यत्तिकै उदाहरण छन्। पर्दामा दयाहाङ राईसँग जोडी बाँध्नुभयो। वास्तविक जीवनमा पनि कसैसँग जोडी बाँध्ने सम्भावना कति छ?

सम्भावना नै छैन। मैले भविष्य हेरेकी भए उहाँसँग बिहे गर्दिनथेँ। उहाँको ढिलोगरी बिहे हुनु, मेरो चाँडै बिहे हुनु र २० वर्ष ग्याप हुनु यो एउटा संयोग हो। लेखिएर भएको हो। त्यसैले म भविष्य वा सम्भावनाको कुरै गर्न चाहन्नँ। म वर्तमानलाई विश्वास गर्छु र त्यही अनुसार संघर्ष गर्छु।

तस्बिरहरु : निमेष जंग राई / नेपाल लाइभ

प्रकाशित मिति: आइतबार, फागुन ६, २०७४  ०६:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्