नयाँ दिल्ली (एजेन्सी)– इंग्ल्यान्डका पूर्व कप्तान माइकल भोनले भारतीय कप्तान विराट कोहलीलाई एकदिवसीय क्रिकेटको अहिलेसम्मकै उत्कृष्ट व्याट्सम्यानको उपमा दिएका छन्। शुक्रबार दक्षिण अफ्रिकाविरूद्ध विराटले सय रन बनाउने क्रममा एकदिवसीयमा ३५ औं शतक पुरा गरेका थिए। उनको त्यो २ सय एकदिवसीय इनिङ थियो र यही शृंखलामा तेस्रो शतक पनि थियो।
कप्तानको रुपमा विराटले एकदिवसीयमा १३ औं शतक बनाएका हुन् र शतक बनाएर जित निकालेको यो १९ औं खेल थियो। उनले एकदिवसीय शृंखलामा १ सय ८६ को औषतले ६ खेलमा ५ सय ५८ रन बनाउँदै नयाँ कीर्तिमान बनाएका थिए। उनी दुई देशबीचको एउटै शृंखलामा ५ सयभन्दा बढी रन बनाउने एक मात्र व्याट्सम्यान बन्न पुगेका छन्। भोनले कोहलीलाई ट्विट गर्दै बधाई दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।