एजेन्सी– स्विस टेनिस स्टार रोजर फेडेरर ३६ वर्षको उमेरमा विश्व नम्बर १ खेलाडी बन्न सफल भएका छन्। उनले वर्षको पहिलो ग्रान्ड स्लाम अस्ट्रेलियन ओपन यही वर्ष जितेका थिए।
पाको उमेरमा नम्बर १ खेलाडी बन्न उनले रोटरडम ओपनको क्वाटरफाइनलमा हल्यान्डका रोबिन हासेलाई ४–६, ६–१ र ६–१ को सेटमा हराए। उनले २० वटा ग्रान्ड स्लाम जितिसकेका छन्।
फेडेररले अमेरिकाका दिग्गज खेलाडी आन्द्रे आगासीको पाको उमेरमा नम्बर १ भएको कीर्तिमानलाई खोसेका हुन्। आगासी २००३ मा ३३ वर्ष १ सय ३१ दिनमा नम्बर १ खेलाडी भएका थिए।
फेडेरर गत वर्ष विश्व वरियताको १७ औं स्थानमा थिए। आफ्नो पुनरागमनबाट उनी आफै चकित परेका छन्। सन् २०१६ को फेब्रअरीमा मात्र उनले घुँडाको सर्जरी गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।