बारा- सिमरा गोल्डकप फुटबलको उपाधि विभागीय टिम आर्मीले जितेको छ।
शनिबार भएको फाइनलमा थ्रीस्टार क्लबलाई पराजित गर्दै आर्मीले ९औं संस्करणको प्रतियोगिताको उपाधिमा कब्जा जमाएको हो। सिमरा रंगशालामा भएको फाइनल भिडन्तमा आर्मीले थ्रीस्टारलाई २–० ले हरायो।
५८औं मिनेटमा दिनेश हेन्जनको गोलबाट अग्रता लिएको आर्मीका लागि ७३औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै विभागीय टिमको जित निश्चित गरेका थिए।
उपाधिसहित आर्मीले ५ लाख ५१ हजार प्राप्त गर्यो। थ्रीस्टार भने दुई लाख ५० हजार रुपैयाँमा चित्त बुझाउन बाध्य भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।