महोत्तरी– महोत्तरीमा एक युवकको विभत्स हत्या भएको छ। मटिहानी –७का ३७ वर्षिय रमेश ठाकुरको शुक्रबार राती हत्या भएको हो।
चौरमा हत्या गरेर फालिएको अवस्थामा उनको शव भेटिएको छ। रगतमा लतपतिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।
शुक्रबार बेलुका सैलुन बन्द गरेपछि उनी स्थानीय रेष्टुरेन्टमा गएका थिए। छोरा नफर्किएपछि खोजी गर्दा मृत अवस्थामा भेटिएको मृतकका बुबा गणेश ठाकुरले बताए।
मदिरा पिएपछि भएको विवादमा हुने हत्या भएको हुनसक्ने प्रहरी आशंका छ। हत्यामा संलग्न भएको आशंकामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।