काठमाडौं– १६ तोलाको सुनको सिक्रिसहित रसुवामा एक व्यक्ति पक्राउ परेका छन्।
गोसाईकुण्ड गाउंपालिका वडा नं. २ रसुवागढी स्थित नेपाल–चीन सीमा काभ्रे ज्यामी घर भएका पब बहादुर सुनारलाई प्रहरीले १६ तोलाको सिक्रिसहित पक्रउ गरेको हो। प्रहरी चौकि रसुवागढीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेपछि उनले सो सिक्रि आफ्नो गहना भएको बताएका थिए। अनुसन्धानका क्रममा गहनाका नाममा चीनबाट सिक्रि तस्करी गरेको प्रहरीले जनाएको छ। बरामद सिक्रि करिब ८ लाख रुपैयाँ मूल्य बराबरको छ।
पक्राउ परेका सुनारमाथि भन्सार कार्यालयले कारबाही अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।