अकल्यान्ड (एजेन्सी)– न्युजिल्यान्डका मार्टिन गुप्टिल टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने व्याट्सम्यान बन्न सफल भएका छन्। उनले आफ्नै देशका ब्रेन्डन म्याकुलमलाई पछि छोडेका हुन्। गुप्टिलले शुक्रबार अस्ट्रेलियाविरूद्ध खेलमा १ सय ५ रनको बिस्फोटक इनिङ खेलेका थिए।
उनी टि–२० मा २ हजार १ सय ८८ रन बनाउन सफल भए। म्याकुलमको कीर्तिमानलाई पछि पार्न उनलाई ५८ रन आवश्यक थियो। म्याकुलमले २ हजार १ सय ४० रन बनाएका छन्। तेस्रो नम्बरमा भारतीय कप्तान विराट कोहली छन्। कोहलीले १९ सय ५६ रन बनाइसकेका छन्।
३१ वर्षीय गुप्टिलले ७३ टि–२० मा २ शतक र १५ अर्धसतकको सहयोगले यति धेरै रन बनाएका हुन्। उनको औषत ३४ दशमलव १८ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।