सेन्चुरियन (एजेन्सी)– दक्षिण अफ्रिकाविरूद्ध छैटौं एकदिवसीय खेल अगाडि भारतका पूर्व कप्तान तथा विकेटकिपर महेन्द्रसिंह धोनी एउटा कीर्तिमानको नजिक छन्। उनले ३ सय १४ एकदिवसीय खेल्ने क्रममा ९ हजार ९ सय ६७ रन बनाइसकेका छन्। उनी दश हजार क्लबमा समावेश हुन ३३ रनको मात्र आवश्यकता छ।
भारतले शुक्रबार भइरहेको छैटौं एकदिवसीयमा टस जितेर घरेलु अफ्रिकालाई व्याटिङको निम्तो दिएको छ। त्यसैले धोनीका प्रशंसकका लागि केही बेर कुर्नुपर्ने छ। उनी एकदिवसीयमा ३ सय क्याच पुरा गर्न पनि ३ क्याच पछाडि छन्। उनले छैटौं खेलमा हासिम अमलाको क्याच समातेपछि अव ३ सय क्याच पुरा गर्न ३ क्याचको मात्र आवश्यकता छ। यस्तै, भारत–अफ्रिका शृंखलामा पूर्व विकेटकिपर मार्क बाउचरको विकेट पछाडि सर्वाधिक ४२ शिकार (४० क्याच र २ स्टम्प) लिने कीर्तिमानलाई पछाडि छोड्न धोनी ३ विकेटले मात्र पछाडि छन्। उनले पनि विकेट पछाडि ४० शिकार (३० क्याच र १० स्टम्प) गरिसकेका छन्।
भारतका पूर्व व्याट्सम्यान सचिन तेन्दुलकर, सौरभ गांगुली र राहुल द्रविडले दश हजार रन पुरा गर्दा उनीहरूको औषत ५० भन्दा तल थियो। धोनी मात्र यस्ता खेलाडी हुन्, जसको औषत ५१ दशमलव ३७ छ। सचिनको औषत ४३ को नजिक थियो। सौरभको ४२ र राहुलको ४१ को औषत थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।