• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

युगले चिनेका म्याराडोना : एक खेलाडीको असफलता, सफलता र विवाद

64x64
ऋग्वेद शर्मा शुक्रबार, असोज २४, २०७६  ०६:३०
1140x725

काठमाडौं- कसैले पाएका र गुमाएका कुराको लेखाजोखा कसरी गर्ला? कुनै कालखण्डका कुनै घटनाको विश्लेषणले सन्तुष्ट होला कि दुःखी? आफ्नै उमेरका काम सम्झेर के सोच्ला? कसरी तुलना गर्ला? त्यसमा मध्यमा रहन कति सम्भव छ? पक्कै कठिन। कि त देखिन्छ खुसीको उचाइ, कि त बेखुसीको गहिराइ।

यसमा उचाइ चुम्नेहरूलाई गहिराइको वास्तविकता जान्ने रहर लाग्छ, गहिराइमा रहेकालाई अग्लो हुने चाहले पिरोल्छ। उचाइ र गहिराइको सीमा तय गर्ने र त्यसबाट स्वतन्त्र बन्न सक्ने कमै हुन्छन्। 

एउटा नाम छ, जसले जीवनको छोटो अवधिमै उचाइको सीमा चुम्यो, र भयानक गहिराइ पनि देख्यो। ऊ उचाइभन्दा अग्लिँदा मात्रै होइन गहिराइमै हुँदा पनि रमायो। त्यो ‘ग्यास च्याम्बर’ मा रहँदा र त्यसबाट निस्कँदा पनि विश्वले उनको नाम उच्चारण गरिरह्यो ... डिएगो म्याराडोना। 

डिएगो अर्मान्डो म्याराडोना फ्रान्कोलाई न कुनै परिचयको खाँचो छ न त कुनै उपमाको। आफैंमा परिचय बनेको भव्य व्यक्तित्व र त्यसैमा समिटिएको स्वरुप। सम्झन चाहनेले स्नेहले सम्झिने अनि बिर्सन चाहने (सायद छैनन् कि)हरूले पनि भुलेर प्रेमले सम्झिने नाम हो, म्याराडोना। 

म्याराडोनालेले विश्व फुटबलमा पाएको उचाइभन्दा अग्लो छ उनको सफलता। त्यति नै भयानक छ उनको दुःखद गहिराइ। उसैगरी फैलिएका छन्– उनका अनेक किस्सा। कतिपय किस्सा त उनलाई खेलाडी जीवनबाट पनि बाहिर राखिदिने गरी आएका छन्। 

५८ वर्षअघि (सन् १९६०, अक्टोबर ३०) अर्जेन्टिनाको राजधानी रहेको प्रान्त ब्युनर्स एयर्सको लानुसमा जन्मेको बालकको नाम हो ‘डिएगो अर्मान्डो म्याराडोना फ्रान्को’। तीन दिदीपछि जन्मिएका उनी र उनीपछि जन्मिएर दुई भाइ, ह्युगो र राउल। परिवारको आर्थिक अवस्था कमजोर थियो। यसले गर्दा उनको लालनपालन विभिन्न सहरमा भयो। किनकि उनका बुवाआमा कामका लागि अर्जेन्टिनाका विभिन्न ठाउँमा गए, सँगै म्याराडोना र उनका दिदी र भाइहरू पनि। 

८ वर्षको उमेरमा म्यारोडोना खेल्दै थिए– स्थानीय क्लब इस्ट्रला रोजामा। प्रतिभाको खोजीमा त्यहीँ स्काउट टिम आयो। उनले काया बालकको भए पनि कला बयस्कको देखाए। अर्जेन्टिनोस क्लबको जुनियर टिमका लागि ट्रायल दिँदा उनले खेलको जादु नै देखाए। 

Ncell 2
Ncell 2
nimb
nimb

बालक म्याराडोनालाई बाहिर ल्याएका उनको युवाकालका प्रशिक्षकले त्यसबेलाको सम्झना गर्दै भनेका थिए, ‘जब म्याराडोना अर्जेन्टिनोस जुनियर टिमका लागि ट्रायल दिन आएका थिए, म साँच्चिकै अचम्मित भएको थिएँ। मैले जे देखेँ पत्याउनै सकिन। त्यो कला देखाउने मात्रै ८ वर्षको बालक थियो। हो ऊ उमेरले बालक थियो तर उसको फुटबल कला परिपक्व। नपत्याएर हामीले उसको परिचय पत्र मागेका थियौं तर उसले साथमा ल्याएको थिएन। उसले हामीलाई सम्पूर्ण रुपले आफूमा समेट्यो र विश्वास गर्न बाध्य बनायो।’

उनी अर्जेन्टिनोस क्लबको जुनियर टिमका लागि छानिए। १२ वर्षको उमेरमा उनले अर्जेन्टिनाको पहिलो डिभिजनको एक खेलको हाफ टाइममा बलमा आफ्नो कला प्रस्तुत गरे। 

म्याराडोनाले आफ्नो खेल जीवनमा व्यावसायिक करिअरको सुरूवात १६औं जन्मदिनको १० दिनअघि (२० अक्टोबर १९७६) अर्जेन्टिनोस जुनियर क्लबबाट गरे। १६ नम्बरको जर्सी लगाएर मैदान छिरेका म्याराडोनाले प्रिमियरा डिभिजनमा आफ्नो पहिलो गोल १४ नोभेम्बर १९७६ मा माप्र्लाटेनसी क्लबविरुद्ध गरे।

पाँच वर्ष (सन् १९७६ देखि १९८१ सम्म) अर्जेन्टिनोस जुनियरमा बिताएका उनले १ सय ६६ खेलमा १ सय १६ गोल गरे। त्यसपछि उनी ‘बोका जुनियर’मा अनुबन्धित भए। अरु क्लबले राम्रो रकमसहितको अफर गरे पनि म्याराडोना आफ्नो सपना पूरा गर्नका लागि बोका जुनियर तर्फ लागे। उनमा ‘बोका जुनियर’ क्लबबाट खेल्ने सपना लामो समयदेखि बाँचेको थियो।

म्यारोडोनाले आफ्नो सपनाको क्लब बोका जुनियरबाट पहिलो खेलमै दुई गोल गरे। सबै भनेजस्तो हुँदैन नै। बोकामा उनले राम्रो गरिरहेका थिए तर क्लबका प्रशिक्षक सिल्भिओ मार्जोलिनीसँग उनको सम्बन्ध सहज बन्न सकेन। त्यसो हुँदाहुँदै पनि बोकाले लिगको उपाधि जित्यो। उनले अर्जेन्टिनाको घरेलु लिगमा जितेको यो नै पहिलो र अन्तिम उपाधि बन्यो। म्याराडोना नामले त्यसैबेला देखिने आकार लियो।

सन् १९८२ को जुनमा म्याराडोना त्यसबेलाको विश्व कीर्तिमानी मूल्य ७६ लाख अमेरिकी डलरमा स्पेनिस क्लब बार्सिलोनामा अनुबन्धित भए। सन् १९८३ मा उनले बार्सिलोनाबाट प्रशिक्षक सेसर लुइस मेनोट्टीको प्रशिक्षणमा रियल मड्रिडलाई हराएर कोपा डेल रे तथा एथ्लेटिको बिल्बाओलाई हराएर स्पेनिस सुपर कपको उपाधि जिते। 

सन् १९८३ को जुन ३० मा म्याराडोनाले विश्व फुटबलमा सबैभन्दा भव्य क्लब प्रतिस्पर्धा एल क्लासिकोमा गोल गरे। त्यही बेला उनी रियल मड्रिडका समर्थकले पनि सम्मान गर्ने बार्सिलोनाका पहिलो खेलाडी बने। 

यसका बाबजुद चोट, बिरामी र मैदान बाहिरको व्यवहारका कारण बार्सिलोनामा म्याराडोनाको समय निकै कठीन रह्यो। यहीँ उनले लागुऔषध कोकिनसँगको संगत सुरु गरे। त्यसलाई बानी नै बनाए। फुटबलको लतसँगै कुलतको लतमा परे म्यारोडोना। बार्सिलोनाका निर्देशकसँगको लामो विवादपछि उनले बार्सिलोनासँगको यात्रा टुंग्याए। त्यसपछि रोजे इटालियन सिरी ए क्लब नापोली। 

बार्सिलोनामा कीर्तिमानी मूल्यमा गएका म्याराडोना नापोलीमा पनि अर्को कीर्तिमानी मूल्यमा अनुबन्धित भए। बार्सिलोनाबाट उनी ६९ लाख पाउण्डमा नापोलीमा अनुबन्धित भएका थिए। सन् १९८४ को जुलाई ५ मा नापोलीले उनलाई आफ्नो खेलाडीका रुपमा भव्य स्वागत गर्‍यो। उनको स्वागतमा ७५ हजार समर्थक रंगशालमा जम्मा भएका थिए। 

नापोलीमा उनले आफ्नो खेल जीवनको उचाइ समाते। उनी क्लब र समर्थकको मनमा बस्न सफल खेलाडी बने। पाँच वर्षको नापोलीसँगको यात्रामा उनले दुई पटक ‘सिरी ए’को उपाधि जिते भने दुई पटक उपविजेता बने। यस्तै एकपटक युइएफए कप र एक पटक कोपा इटालियाको उपाधि पनि उचाले। 

म्याराडोनाको कुरा गर्दा बिर्सनै नहुने कुरा हो, विश्वकप फुटबल। म्याराडोना र विश्वकपको कुरा गर्दा सम्झनामा आउँछ उनले सन् १९८६को विश्वकपमा हातले गरेको गोल। क्वाटरफाइनलमा इंग्ल्याण्डविरुद्ध उनले हातले गरेको गोल विश्व फुटबलको एक अनौठो गोल मानिन्छ। जुन गोल पछि ‘ह्याण्ड अफ गड’का रुपमा परिचित भयो। सोही वर्ष म्याराडोनाले विश्वकपको उपाधि उचाले। 

विश्वकप सुरु हुनु अघिदेखि नै म्याराडोनालाई रोक्न सक्ने को होला भन्ने बहस चलिरहेको थियो। हुन पनि उनलाई रोक्न कि त लडाउनु नै पर्ने थियो कि त पूरा डिफेन्सिभ। होइन भने म्याराडोनाको कठिलो शरीर र तिव्रतालाई उछिन्न अरुलाई मुस्किल नै थियो। अझ त्यसमा बल ड्रिबल गर्ने उस्तै खतरनाक शैली। 

चार वर्षअघि विश्वकपमा डेब्यु गरेका उनले गोल्डेन बुटसँगै उपाधि उचाले। तर चार वर्ष पछिको विश्वकपमा उनले त्यसअघिको जस्तो उचाइ लिन सकेनन्। यो पटक पनि उनकै कप्तानीमा थियो अर्जेन्टिना। तर चोटका कारण म्याराडोनाले लय समात्न सकेनन्। सन् १९९४ को विश्वकप भने उनका लागि बिर्सन लायक बन्यो। लागुऔषध परीक्षण असफल भएका कारण उनी बीचबाटै घर फर्किन बाध्य भए। १६ वर्षको उमेरमा राष्ट्रिय टिममा डेब्यु गरेका म्याराडोनाले ९१ खेलमा ३४ गोल गरे।

बार्सिलोनामा हुँदा सुरु भएको म्याराडोनाको कोकिनसँगको प्रेमले नापोलीमा लतको रुप लियो। मैदानमा बलसँग रमाउने उनी त्यसबाहिर कोकिनमा झुम्न थाले। 

बल, गोल र उपाधिले घेरिएका म्याराडोनासँगै सञ्चार माध्यममा विभिन्न विवाद र कोकिनका कुरा पनि छाउन थाले। यसले उनलाई फुटबलबाट १५ महिनासम्म प्रतिबन्धको अँध्यारोमा धकेल्यो। सन् १९९१ मा कोकिनको परीक्षणमा सफल हुन नसकेपछि उनीमाथि १५ महिनाको प्रतिबन्ध लागेको थियो। 

नापोलीमा म्याराडोनाको यात्रा यही कोकिनका कारण टुंगियो। उनले आफ्नो उचाइ फेरि लिने प्रयास गरे। १५ महिनाको प्रतिबन्धपछि उनी स्पेनिस क्लब सेभियामा गए। त्यसपछि न्युवेल्स ब्वाइजमा गए। दुवै क्लबमा राम्रो प्रदर्शन गरे। अनि सन् १९९४ को विश्वकपका लागि पनि अर्जेन्टिनाको टिममा परे। 

विश्वकपमा उनले ग्रिससँगको खेलमा सुन्दर गोल गरे। गोलभन्दा त्यसको सेलिब्रेसन झनै स्मरणीय थियो। तर यसपटक पनि विवाद उनीबाट टाढा थिएन। लागुऔषध परीक्षण असफल भएपछि उनी घर फर्किन बाध्य भए। उनी नापोलीमा रहँदा कोकिनकै कारण प्रशिक्षण र खेलमा पछि उपस्थित हुन सकेनन्। त्यसका लागि उनले जरिवाना पनि तिर्नु परेको थियो। 

१५ महिना लामो प्रतिबन्धभन्दा पनि विश्वकपको बीचबाटै घर फर्किन बाध्य हुनु म्याराडोनाका लागि जीवनमा भोगेको दुःखको गहिराइ बन्यो। 

म्याराडोनामा कोकिनको मात्रै होइन रक्सीको लत पनि बसेको थियो। यसले गर्दा उनले सार्वजनिक रुपमा गर्ने व्यवहारले उनलाई थप एक्ल्याउँदै लग्यो। सन् १९९८ मा चार वर्षअघि पत्रकारलाई बन्दुक हानेको आरोपमा उनलाई जेल सजाय पनि भयो। कोकिन र रक्सीको लतका कारण उनको शरीरमा विभिन्न समस्या आए। उनी निकै मोटो भए। सन् २००४ मा उनमा हृदयघातसमेत भयो। 

गम्भीर प्रकृतिको हृदयघातले म्याराडोना कोमामा गए। उनको जीवनमा फुटबल थियो। गोल थियो। उपाधि पनि थिए। जसले उनलाई कदभन्दा कयौं गुणा अग्लो बनायो। तर होच्याउन त्योभन्दा पनि कमजोर बनाउन लागि परेका थिए उनको कुलत। पैसा, रक्सी, महिला र कोकिन उनका कमजोरी बनेका थिए। यो गल्तिबाट बाहिर आउन उनलाई होशमा रहेका बेला बल आएन। जब उनी कोमामा गए त्यसबेला उनकी छोरीले गरेको आग्रहले उनलाई गहिराइबाट बाहिर निस्कन सहयोग ग¥यो। हस्पिटलमै रहेका बेला छोरीले आफ्ना लागि भए पनि यो कुलत छोड्न आग्रह गरिन्। मधुरो सुनिएको यो आग्रहले म्याराडोनालाई बाँध्यो। झण्डै २० वर्ष अघिदेखिको कुलत उनले छोड्ने निर्णय गरे। 

म्याराडोनाले कोकिन लिन सुरु गर्दा २४ वर्षका थिए, जुनबेला उनी बार्सिलोनाबाट खेल्थे। पहिले त्यसमै रमाएका म्याराडोनाले कोकिन आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती रहेको स्वीकार गरेका छन्। छोरीको आग्रहले आफूलाई उठाएको बताउने म्याराडोनाले जीवनको अर्को अध्यायको सुरुवात गरे। 

त्यो अर्को अध्यायमा उनी प्रशिक्षकका रुपमा देखिए। म्याराडोनाले खेलाडी हुँदा नै प्रशिक्षक बन्ने प्रयास नगरेका होइनन्। सन् १९९१ मा १५ महिनाको प्रतिबन्धमा रहेका बेला डिपोर्टिभो म्यानडियु तथा रेसिङ क्लबमा उनले प्रशिक्षक बन्ने प्रयास गरेका थिए। तर सफल हुन सकेनन्। 

त्यसपछि सन् १९९४ र १९९५ मा पनि साथीसँग मिलेर उनले केही क्लबको जिम्मेवारी सम्हाले। तर उनले प्रशिक्षकका रुपमा पूर्ण जिम्मेवारी सन् २००८ मा पाए, जुनबेला उनले कोकिनको कुलत छोडेको चार वर्ष भइसकेको थियो। २९ अक्टोबर २००८ मा उनी अर्जेन्टिना राष्ट्रिय टिमको प्रशिक्षकमा नियुक्त भए। 

प्रशिक्षकका रुपमा पहिलो खेलमा उनी विजयी भए। स्कटल्याण्डसँगको खेलमा त्यही वर्षको नोभेम्बर १९ मा अर्जेन्टिना १–० ले विजयी भयो। त्यसपछि विश्वकप छनोटमा सुरुका तीन खेल जितेको अर्जेन्टिना चौथो खेलमा बोलिभियासँग ६–१ ले हा¥यो। तर पछिका खेलमा राम्रो गरेर टिमले विश्वकपमा स्थान बनायो। 

प्रशिक्षक हुँदा पनि उनले अभद्र भाषा प्रयोग गर्न भने छोडेनन्। त्यही कारण उनले सन् २००९ को अन्त्यमा दुई महिनाको प्रतिबन्ध पनि खेप्नु परेको थियो। तर पनि उनले टिमलाई विश्वकपको यात्रा तय गराए। विश्वकपमा क्वाटरफाइनलमा जर्मनीसँग पराजित भएर उनको टिम बाहिरियो। त्यसपछि उनको राष्ट्रिय टिमको जिम्मेवारी पनि लामो समय रहन सकेन। 

सन् २०११ मा उनी दुबईको क्लब अल वास्ल एफसीको प्रशिक्षक बने। एक वर्षपछि उनी बर्खास्तीमा परे। केही वर्ष खाली रहेका उनी २०१७ देखि २०१८ मा एक वर्ष दुबईकै फुजाइराह क्लबको प्रशिक्षक बने। त्यसपछि उनी बेलारुसको डाएनामो ब्रेस्ट र मेक्सिकोको फुटबल क्लब डोराडसमा एक वर्ष प्रशिक्षक रहे। अहिले उनी अर्जेन्टिनाकै ला पाल्टा सहरमा रहेको जिमानासिया ला पाल्टा क्लबको प्रशिक्षक छन्।  

जीवनका सफलताको उकालो र कुलतको आरोलो ओर्लेका म्याराडोनाको यात्रा अहिले स्थिर बनेको छ। कुनै बेला प्रशंसाले घेरिएका अनि आलोचनाले बाँधिएका उनी अहिले स्वतन्त्र छन्। साँचो अर्थमा जीवन बाँचेका छन्। 

कुनै बेला आफैं फसेको कुलतविरुद्ध उनी अहिले वकालत गर्छन्। सजिलो अप्ठ्यारो भोगेका म्याराडोनाले अहिले साँच्चिकै फुटबल बाँचेका छन्। किनकि विश्व फुटबलका सर्वकालीन उत्कृष्ट खेलाडीको नाम लिँदा उनको नाम ब्राजिलका पेलेसँगै आउने गर्छ। यसको प्रमाण विश्व फुटबलको प्रशासकीय निकाय फिफाले पेले र म्याराडोनालाई संयुक्त रुपमा बिसौं शताब्दीको उत्कृष्ट खेलाडीका रुपमा नामांकित गर्नु हो। 

कुलतलाई जितेका म्याराडोनाले बेला बेलामा भन्ने गरेका छन्, ‘लागुऔषधले बाँच्न दिँदैन, बाँचेर पनि मरे जस्तो बनाइदिन्छ। मात्रै दिन्छ जिउँदो भएजस्तो भ्रम। दिँदैन जीवन।’ 

म्याराडोनाको जीवनका उकाली ओराली र फुटबल यात्रालाई भिन्न गरेर हेर्नै सकिँदैन। उनी जतिबेला विवादमा तानिए त्यसको असर फुटबलमा प्रत्यक्ष देखियो। जति पनि सफलता र माया पाए त्यसमा पनि फुटबल नै जोडियो। 

हेर्नुस् म्याराडोनाको फुटबल स्किल


(यो सामग्री जोनाथन विल्सनको डर्टी फेसेस, बायोग्राफी डटकम, एनवाइ टाइम्स र फुटबल टाइम्समा आधारित रहेर नेपाल लाइभका ऋग्वेद शर्माले तयार पारेका हुन्। तस्बिरहरू फुटबल टाइम्सबाट लिइएका हुन्।)  

प्रकाशित मिति: शुक्रबार, असोज २४, २०७६  ०६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्