काठमाडौं- आज दसैंका दिन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पिताबाट टीका ग्रहण गरेपछि मात्र निवास आउने अन्यलाई टीका लगाइदिने भएका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले ट्विट गर्दै प्रधानमन्त्री ओलीको टीका तालिका सार्वजनिक गरेका छन्। उनले आफ्नो ट्वीटमा लेखेका छन्,“आफूले पिताबाट टीका ग्रहण गरेपछि सम्माननीय प्रधानमन्त्री ओलीले आज (१ दिन मात्र) दिउँसो २ देखि ४ बजेसम्म शीर्ष नेता, मन्त्री,सांसद तथा विशिष्ट श्रेणीका राष्ट्र सेवक र त्यसपछि अपरान्ह ४ देखि साँझ ७ बजेसम्म पार्टी कार्यकर्ता लगायतका व्यक्तिहरुलाई टीका लगाइदिनु हुने भएको छ।”
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।