• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख २, २०८३ Wed, Apr 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

‘मनोज भण्डारी छन्दलाई नचाउँछन् छन्दमा नाच्दैनन्’

64x64
नेपाल लाइभ शुक्रबार, फागुन ४, २०७४  ११:३९
1140x725

         
सैद्धान्तिक धरातलमा पाइला चाल्नेहरु अक्सर विभिन्न तर्कका जालमा फस्दै र त्यसबाट उम्कन आफ्नै तार्किक जाल निर्माण गर्दै बाँच्दछन्। तर भाव, लय तथा विषयवस्तुको गहिराईमा डुबुल्की मार्नेहरु नै मोतीका हकदार हुन्छन्। यो वाक्य म आँफु बच्नका लागि बोलेको हुँ किनकी म कुनैपनि कोणबाट कुनै पनि विधाको सैद्धान्तिक ज्ञाता होइन। म यो लेखलाई समिक्षात्मक वा पाठक प्रतिक्रियाभन्दा पनि पाठक क्रिया भन्न रुचाउँछु। कल्पनाको लोकमा अविच्छिन्न यात्रा गर्ने कविहरुको सिर्जनाका लागि प्रतिक्रिया शब्द त्यती श्रेयसकर ठान्दिन।  

कविता फलानो कालदेखि सुरु भई यस्ता–उस्ता उतारचढाव भोग्दै फलानो अवस्थामा आयो भन्नुपनि छैन मलाई। किनकी कुनै पनि कविले कविताको सिर्जना गर्दा इतिहास र आगतलाई भन्दा कविताका अवयवहरु र शक्तिलाई नै महत्व दिन्छ । तर पनि यहाँनेर एउटा कुरा विचारणीय छ की वर्तमान काव्यिक अवस्था छन्द कविताको लागि त्यति सुगम बन्न नसकेको यथार्थ हामीमाझ रहेको छ।

नेपालमा आधुनिक कविताको सुरुवातसँगै छन्द कविता ओझेलमा परेको मान्न सकिन्छ। तर एकाध कविले छन्द कविता लेखेर यसको अस्तित्व रहिरहन्छ भन्नेमा कोहि सहमत हुन्छ भने ती एकाधभित्र पर्ने नाम हो कवि मनोज भण्डारी। उनलाई यो जसको भागिदार बनाएको हो देवघाटले। आफ्नो करिब डेढ दशक लामो उर्जाशिल समय देवघाटलाई दिएका भण्डारीलाई देवघाटले खाली हात फर्काएन। बरु एक उर्जावान कवि बनायो। जसको एक प्रमाण हो उनको पहिलो कविता कृति ‘ईश्वरलाई चिठी’। 

संस्कृत क्षेत्रको विद्यार्थी हो भने त्यसलाई छन्दको माया लाग्छ नै। अनि त्यही विद्यार्थीले छन्दोबद्ध कविता लेख्यो भने सोच्नुस् कति आनन्ददायी, कति सरस, कति मृदु, कति शसक्त हुन्छ होला? (यो मेरो व्यक्तिगत बुझाईमा तपाइँहरुलाई असहमत हुन छुट छ।) हो त्यस्तै एउटा सरस ईश्वर गान हो ‘ईश्वरलाई चिठी’। 

‘ईश्वरलाई चिठी’ कविता संग्रह आकारको हिसाबले सानो पुस्तक हो र आकारकै आधारमा मूल्य निर्धारण गर्ने हो भने पनि मूल्य उपयुक्त लाग्छ।

अव कवितातर्फ लागौँ। प्रस्तुत कविता संग्रहका कवितामा तत्सम शब्दहरुको उचित प्रयोग भेटिन्छ। केही कठिन शब्दहरुलाई पनि उनी यति उचित स्थानमा राखिदिन्छन् कि त्यो शब्दले आफ्नो कठोर स्वभावलाई त्यागेर मिठो आवाज निकाल्छ। भण्डारीले सोलिघोप्टे, माझिन्ना, घोडाबाँधे, डुक्रन्छजस्ता शब्दलाई पनि सजिलै छन्दमा बाध्न सफल भएका छन्। 

स्वामीज्यूझैँ अब शिवधुरी कन्दरामा पसौँला
सोलिघोप्टेसँग दिनदिनै बात मारी बसौँला
साथी बन्लान् अनुपम धरा, यी लता स्निग्ध बोट
त्यागी सारा विषय–विषयी, आउँला रामकोट (पृष्ठ ६५)

nimb
nimb
Ncell 2
Ncell 2

‘ईश्वरलाई चिठी’ एउटा कविको ईश्वरसँगको एकालाप हो। कविताहरु एउटा स्वच्छन्द ईश्वर भक्तको गानजस्ता लाग्छन्। तर पनि धेरै कविताहरुले देश र माटोलाई पनि बोकेका छन्। प्यारो छ नेपाल यो, जनकपुरको माटो, दुल्लुमा उल्लु, भुकम्प, एक्सिलेन्ट होलि, नेपाल कस्तो भयो, आए सुनौला दिन, घर जाने साथीसित, शिवजी भिनाजु, देवनारायण यादव उवाच, डाट्सापजस्ता कविताहरुमा प्रशस्त देशप्रेम पाइन्छ। ती कवितामा गरिबी, अशिक्षा, विदेश पलायन, बेरोजगार, क्षेत्रीय–वर्गीय भेदलगायतको चिन्तासमेत छताछुल्ल भएका छन्। 

आँखा दुखेछ छानोको, रुन्छ दर्केर रातमा
छ कब्जियत धारोको, पानी दिन्न प्रभातमा
बिजुली नित्य पन्छिन्छे लुक्छे ढाकेर इज्जत
बिरामी भै बिरामीको कुरुवापो भएँ म त ।।

हर्रो र अमला जस्ता सरकार र कानुन
बर्रो सांसद जस्तो भो, अख्तियार बन्यो नुन
बिजुलीमा तताएर कोसी गण्डकको जल
छिमेकी त्रिफला खान्छ, निकाल्छ त्यसकै बल ।। (डाट्साप, पृष्ठ १११,११२)

कवितामा विषयवस्तुको प्रस्तुतीकरण र पात्रको चरित्र चित्रणमा भण्डारी अब्बल देखिएको छ। जसको एक उदाहरण मान्न सकिन्छ कविता ‘देवनारायण यादवउवाच’लाई। कविताले नेपालको भु–राजनीतिक अवस्था र यसले पारेको प्रभावलाई सचित्र बयान गरेको छ। 

नेपाली जन हूँ, म हैन मदिसे, हो देश मेरो पनि
जन्में किन्तु मधेस, पर्वत जसै छाती छ मेरो पनि
आफ्नो देश बचाउने प्रण गरुँ, सङ्घर्ष यस्तो गरुँ
मेरो अन्तिम श्वाससम्म म लडूँ नेपाल भन्दै मरुँ ।। (देवनारायण यादव उवाच, पृष्ठ ८९)

आध्यात्मिक परिवेशभन्दा बाहिरको जीन्दगी उनले निकै कम मात्र बाँचेका छन् भन्दा गलत हुँदैन। किनकी देवघाटदेखि हाल वनारससम्म पनि उनी गुरुकुल परम्परालाई अंगालीरहेका छन्। सायद देवघाट र यस क्षेत्रबाट गुञ्जिने आध्यात्मको स्वर डुबौँ सच्चिदानन्दभित्र, वटुक–आवाज, गुरुकुल सन्देश, सद्गुरुप्रति र शिर्ष कविता ईश्वरलाई चिठीलगायतमा भेट्न सकिन्छ।

खोजे खोजोस् फगत युगले पाइला कल्प कल्प
के भेटिन्थे चरणरज यी भैसके निर्विकल्प
कोरौं दोटा तन मन मिली एक अद्वैत चित्र
आऊ आऊ पलपल डुबौँ सच्चिदानन्दभित्र ।। (डुबौँ सच्चिदानन्दभित्र, पृष्ठ १३)

केहि कविताहरुमा घुलेको प्रेमिल तथा श्रृंगारिक भावले भण्डारीको युवावस्था र यो समयमा आउने विचलनलाई त अगाँलेको छ नै, सँगसँगै साधु, सन्त महात्मा या विद्धान आखिर जोकोहिलाई पनि भोक मात्र प्रेमको छ भन्ने समेत दर्शाएको छ। अलबिदा नभन्ने आँखाहरु, हेरिद्यौ एकफेर, भूतपूर्व कोपिलाप्रति, कोइलीसित, उपहार, साँझ, आह्वान, रिसाएकी राधालाई, मुस्कुराउ, जानुलगायतका कविताहरु प्रेमका प्रतिमुर्ति बनेर कविताकृतिमा उभिएका छन्। 

तिम्रो गाजलझैँ नसालु कविता लेख्यो भने प्यारले
आँखा चिम्लन बिर्सिंदैन कहिल्यै मेरो कलाकारले
यो प्यारो लयमा खुसुक्क रिसमा माया मिसाऊ अझ 
ए मेरी सँगिनी पुगेन यतिले प्यारी रिसाऊ अझ ।। (रिसाएकी राधालाई पृष्ठ १०७)

संग्रहभित्र अधिकांश कविताहरु आँफैमा पूर्ण छन्। विम्ब, अलंकारको गहन प्रयोगका अलावा कवि मनोज भण्डारीका कवितामा देखिने अर्को विशेषता हो भाषिक शसक्तता। ऊर्दु र हिन्दीमा मात्रै मिठा शब्दहरु छन्। तसर्थ सुमधुर कविता लेख्न ऊर्दु र हिन्दीमात्रै सकिन्छ, नेपाली भाषामा खरा र कम शब्दहरु भएकाले सकिँदैन भन्नेलाई एक जवाफ मान्न सकिन्छ ‘ईश्वरलाई चिठी’।

मलाई महाकवि लक्ष्मीप्रसाद देवकोटा मन पर्छ किनकी उनी छन्दमा रहेरपनि छन्दबाहिर हुन्छन्। कुनै छन्दमा लेख्दै गर्दा अर्को छन्दको प्रयोग गरिदिन्छन् उनी। ठ्याक्कै यही गुण मनोज भण्डारी, ‘हजुरआमा’ कवितामा देखाउँछन्। उनी आफ्नो आवश्यकताअनुसार छन्दलाई नचाउन सक्छन् न कि छन्दमा आँफु नाच्छन्।

नेपालकै सन्दर्भमा प्रायः स्थापित कविहरुले, मन्दाक्रान्ता, शार्दूलविक्रिडित, मालिनी, शिखरिणी, अनुष्टुप् जस्ता छन्दलाई मात्रै अपनाएका भेटिन्छ। तर छन्द प्रयोगको मामलामा भण्डारीले अझै विस्तृत क्षेत्रलाई समाएका छन्। उनले लुप्तप्रायः छन्दहरु जस्तैः प्रमाणिका, दिक्पाल, वातोर्मि, शालिनी, द्रुतविलम्बित, स्रग्धराजस्ता छन्दलाई प्रकाशमा ल्याएका छन्। यसरी हेर्दा उनलाई हामी पूर्ण रुपमा छन्दकवि भन्न सक्छौँ भने ‘ईश्वरलाई चिठी’ पुस्तकलाई यसको उदाहरण।

सुरुमा फेसबुकबाट एकतर्फि रुपमा चिनेको हुँ कवि मनोजलाई। फेसबुकको न्युजफिडमा मेरो एउटा साथीले एक छन्द कविता लाइक गरेको देखियो। कविताको पंक्ति थियो –

आकाशको आँशु झरेछ राति
ऊ, हेर त्यो सुन्दर फुलमाथि
त्यो आँसु पुछ्ने गर काम प्यारा
तिमीविना यो जग बेसहारा ।। (रवि खोल आँखा)

लेखकको नाम हेरेँ, नाम रैछ मनोज भण्डारी, बसोबास देवघाट। साथी भयौँ तर बोलचाल भएन। गर्नु पनि किन जस्तो लाग्यो। आखिर मन छुने छन्द कविता सित्तैमा पढ्न जो पाएको थिएँ। आफ्नै तहमा पढ्ने आफ्नै क्षेत्रको मान्छे यस्तो राम्रो कविता लेख्छ आँफु जान्दिन । तर इखलाई कविता प्रेमले जित्यो। 

कवि भण्डारीलाई मैले भेटेको भने छैन। कुनै समय भेट पनि होला तर हुनैपर्छ भन्ने पनि ठान्दिन। बस पाठकले त कविभन्दा पनि उसका कवितासँग न भेट्न चाहदोरहेछ। 

कविताकृति पढिसकेपछि कवि मनोज भण्डारी कविता लेखनमा अब्बल दर्जाका सम्भावना बोकेका छन्दकवि हुन् भन्दा मलाई अप्ठेरो लागेन। वजनदार विम्बको प्रयोग, भावमा निखार र सुमधुर शास्त्रिय लय उनका कवितामा पाइने विशेषताहरु हुन्। उनको कविता लेखनको सक्रियताले नेपाली छन्द कवितामा थप उर्जा थपेको विश्वास भएको छ।

ईश्वर स्वयं चाहेका कुरा कसैबाट लेखिदिन्छ आफ्नै लागि र आफ्नाका लागि, हो त्यसरी नै ईश्वरबाट मनोजद्वारा ईश्वर र ईश्वरका अनुयायीका लागि लेखिएको भावना हो, सन्देश हो ‘ईश्वरलाई चिठी’।
 

प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०७४  ११:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काठमाडौँ उपत्यकामा रात्रि समयमा सार्वजनिक बस सञ्चालन सुरु
सरकारले आयोजना सम्पन्न नभएसम्म कर्मचारी सरुवा नगर्ने
गैरआवासीय नेपालीको अधिकार सुनिश्चित गर्ने र लगानी आकर्षण गर्ने सरकारको प्रतिबद्धता
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
काठमाडौँ उपत्यकामा रात्रि समयमा सार्वजनिक बस सञ्चालन सुरु मंगलबार, वैशाख १, २०८३
सरकारले आयोजना सम्पन्न नभएसम्म कर्मचारी सरुवा नगर्ने मंगलबार, वैशाख १, २०८३
गैरआवासीय नेपालीको अधिकार सुनिश्चित गर्ने र लगानी आकर्षण गर्ने सरकारको प्रतिबद्धता मंगलबार, वैशाख १, २०८३
युवा आन्दोलनले राजनीतिक परिवर्तन सम्भव बनाएको पूर्वप्रधानमन्त्री भट्टराईको टिप्पणी मंगलबार, वैशाख १, २०८३
सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्णपाठ) मंगलबार, वैशाख १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
गृहमन्त्रीलाई रक्षा बमको चेतावनी– बेलैमा सच्चिनुस् सोमबार, चैत ३०, २०८२
सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्णपाठ) मंगलबार, वैशाख १, २०८३
५० भन्दाबढी अमेरिकी गुप्तचर पक्राउ परेको इरानकाे दाबी सोमबार, चैत ३०, २०८२
गृहमन्त्री भन्छन्– गरिब भएर जन्मिनु गल्ती होइन, गरिब भएर मर्नु गल्ती हो सोमबार, चैत ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्