ग्लासगो- कालम म्याकग्रेगरको एक मात्र गोलको मदतले सेल्टिकले जेनित सेन्ट पिटर्सवर्गलाई पराजित गरेको छ। युरोपा लीगअन्तर्गत गएराति भएको अन्तिम ३२ को खेलमा पिटर्सवगसँग सेल्टिकले पछिल्लो ३२ भेटमा पहिलो जित निकालेको हो।
रसियाली कल्ब पिटर्सवगमाथि खेलको पुरा समय हावी भएपनि मिडफिल्डरले निकालेको पासमा फरवार्डहरुले सुझबुझको प्रहार गर्न नसक्दा सेल्टिक गोल थप्नबाट चुक्यो।
आफ्नै घरेलु मैदान सेल्टिक पार्कमा भएको खेलमा सब्स्टिच्युट खेलाडी चार्ली मुसोन्डाले ७८ मिनेटमा दिएको पासमा म्याकग्रेगरले गोल गरेका थिए।

छनोट चरणबाहेक पछिल्ला १२ युरोपियन खेलमा सेल्टिकले जीत हात पारेको यो पहिलो अवसर हो।
खेलअवधिभर ५९ प्रतिशत समय बल आफ्नो कब्जामा पारेपनि घरेलु टोली सेल्टिकले मात्र ३ पटक गोलपोष्टतर्फ बल प्रहार गरेको थियो।
हारसँगै आगामि बिहिबार घरेलु मैदानमा हुने दोस्रो लेगको खेलमा पिटर्सवर्ग दवावमा हुनेछ।

गएराति नै भएका अन्तिम ३२ का अन्य खेलहरुमा स्पोर्टिङ लिस्वनले एफसी ऐस्टनालाई ३–१ ले, बोरुसिया डटमन्डले एटलान्टालाई ३–२ ले, एसी मिलानले लोडोगोरेट्स रजग्रडलाई ३–० तथा मार्सेलीले स्पोर्टिङ ब्रागालाई ३–० ले पराजित गर्यो।
त्यस्तै लोकोमोटिभ मस्कोले नाइसमाथि ३–२ को जित निकाल्दा आर्सनलले ओस्टरसाउन्ड्स एफकेलाई ३–० ले र एथलेटिक बिलबाओले स्पार्टक मस्कोलाई ३–१ ले पाखा लगायो। रियल सोसिडाड र एफसी रेड बुल साल्जवर्गले भने २–२ को बराबरी खेलेका छन्।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।