काठमाडौं– नेपाल एकदिवसिय विश्वकपको छनोट प्रतियोगितामा पुग्न सफल भएकोमा दिल्ली डेयरडेभिल्सले नेपाललाई बधाई दिएको छ। बिहिबार ट्वीटमार्फत दिल्लीले बधाई दिएको हो।
दिल्लीको ट्वीटमा नेपाली कप्तान पारस खड्का र बलर सन्दीप लामिछानेको समेत प्रशंसा गरिएको छ। सन्दीपले ६ खेलमा १७ विकेट लिएकोमा समेत बधाई दिइएको छ। सन्दीपले आईपिएलको यो सिजनमा दिल्लीबाट खेल्दैछन्।
यूएईसँग ७ रनले हार्दै नेपाल आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा उपविजेता बनेको हो। विजेता र उपविजेताले विश्वकप छनोट खेल्न पाउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।