काठमाडौं– आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा विजेता र उपविजेता तय भएसँगै एकदिवसिय विश्वकप छनोट प्रतियोगिताको समूह विभाजन पूरा भएको छ।
बिहीबार नामिबियामा भएको उपाधि भिडन्तमा नेपाललाई ७ रनले पराजित गर्दै यूएई विजेता बन्यो। नेपाल उपविजेतामै सीमित बन्यो।
उपविजेता बनेसँगै नेपाल समूह ‘बी’मा परेको छ। जसमा अफगानिस्तान, जिम्वाबे, स्कटल्यान्ड, हङकङसँग नेपालले प्रतिस्पर्धा गर्ने छ। उक्त ग्रुपमा अग्रस्थानमा रहने देशले विश्वकप खेल्न पाउनेछ।
समूह विभाजन यस्तो छ
समूह ए – वेस्ट इन्डिज, आयरल्यान्ड, नेदरल्यान्ड्स, पपुवा न्युगिनी र यूएई
समूह बी – अफगानिस्तान, जिम्वाबे, स्कटल्यान्ड, हङकङ र नेपाल
पहिलो चरणमा दुई समूहमा लिग खेल हुनेछ। दुवै समूहका शीर्ष ३–३ टिम सुपर सिक्समा पुग्नेछन्। सुपर सिक्समा लिग खेल हुनेछन्। शीर्ष २ टिम विश्वकपमा छनोट हुनेछन्।
छनोट प्रतियोगिताको आधारमा ३ एसोसिएट टिमलाई एकदिवसीय टिमको मान्यता प्रदान गरिनेछ। विश्वक्रिकेट लिग च्याम्पियनसिप जितेको नेदरल्यान्ड्सले मान्यता पाइसकेको छ। अब पपुवा न्युगिनी, स्कटल्यान्ड, हङकङ, नेपाल र यूएई मध्ये शीर्ष ३ टिमले सन् २०२२ सम्मका लागि एकदिवसीय मान्यता पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।