नयाँ दिल्ली (एजेन्सी)– इन्डियन प्रिमियर लिग (आइपिएल) को ११ औं संस्करणको उद्घाटन ७ अप्रिलमा वानखडे रंगशालामा हुँदैछ। मुम्बईमा खेलिने पहिलो खेलमा वर्तमान विजेता मुम्बई इन्डियन्स र दुई पल्टको विजेता चेन्नई सुपर किंग्स भिड्दैछन्।
भारतीय क्रिकेट बोर्डका अनुसार विश्वकै सर्वाधिक सफल लिग २७ मईसम्म हुनेछ। आइपिएलका खेल ९ वटा स्थानमा ५१ दिनसम्म आयोजना हुँदैछ। यसमा पनि १२ खेल दिवा–रात्री हुनेछ। ४८ खेल भने आठ बजेबाट हुनेछ।
‘स्टार’ ले पहिलो पल्ट लिगको प्रसारण गर्दैछ। यसअघि यसको प्रसारण अधिकार सोनी नेटवर्कसँग थियो। स्टार स्पोटर््सले विज्ञप्ती सार्वजनिक गर्दै यसको जानकारी दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।