काठमाडौं– नेपाल हुँदै बंगलादेशी नागरिकलाई युरोप तथा अमेरिका पठाउने धन्दा बढेको छ। मानव तस्करीमा संलग्न समूहले नेपाललाई ट्रान्जिट बनाएर यस्तो काम गर्दै आएको हो।
नेपाल हुँदै अन्य देश जान खोज्ने १५ जना बंगलादेशी पक्राउ परेका छन्। नेपाल आउँदा एजेन्टले पासपोर्ट हराइदिएपछि प्रहरी रिपोर्ट बनाउन टुरिस्ट प्रहरीमा पुगेका उनीहरु पक्राउ परेका छन्। पक्राउ परेकालाई जरिवाना तिराएर ट्राभल डकुमेन्टमा बंगलादेश डिपोर्ट गरिएको अध्यागमनका अधिकृत कृष्ण सापकोटाले बताए।
पक्राउ परेकाहरुले एजेन्टहरुको नाम बताएका छैनन्। गिरोहका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ। उनीहरु दुई साताअघि एकै पटक नेपाल आएका थिए। जापानी भाषा पढ्न भनेर नेपाल आएको उनीहरुले बयानमा बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।